विश्व
Sunday, 28 Aug, 2022
ध्वस्त बनाइयो भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका ट्वीन टावर
भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा टावर (अग्ला भवन) सुरक्षित रुपमा भत्काइएको छ ।आइतबार दिउँसो नेपाली समयअनुसार पौने तीन बजे झन्डै ३ हजार ५ सय किलोग्राम बिस्फोटक पदार्थ पड्काएर यी दुई भवनलाई ध्वस्त पारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
दुईमध्ये एउटा भवन एक सय मिटर र अर्को ९७ मिटर अग्ला छन्। राजधानी नयाँदिल्लीसँग जोडिएको उत्तर प्रदेशको नोयडामा रहेका उनीहरूको नाम एपेक्स र सियान राखिएको थियो।भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खालि गरिएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार ३२ तले टावर निर्माणमा १३ अर्ब रुपैयाँ खर्च भएको थियो ।गत वर्ष भारतको सर्वोच्च अदालतले मापदण्ड मिचेर बनाइएका ती ४० तले दुइटा भवन भत्काउन आदेश दिएको थियो।
