विश्व Thursday, 25 Aug, 2022
Prestige Media

अग्निपथ योजनामा नेपाली युवा भर्ती स्थगित

काठमाडौं–नेपाल सरकारले भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न भारतलाई आग्रह गरेको छ ।परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमै बोलाएर नेपाली युवा भर्ती गर्ने योजना हाललाई स्थगित गर्न आग्रह गरेका हुन् ।

भारतमै विवादित बनेको अग्निपथ योजनाबारे नेपालका सबै दलको एकीकृत धारणा बनाउनुपर्ने भन्दै मन्त्री खड्काले त्यतिबेलासम्म भर्ती रोक्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अग्निपथ योजनाअन्तर्गत नेपाली युवालाई भर्ती गर्न भारतीय सेनाले बिहीबार रूपन्देहीको बुटवलमा र १६ भदौमा धरानमा प्रारम्भिक छनोट प्रक्रिया सुरु गर्ने कार्यक्रम थियो ।भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०२२ को जुनमा अग्निपथ योजना सार्वजनिक गरेका थिए ।
योजनाअन्तर्गत भारतीय सैनिकमा १७ देखि २३ वर्ष उमेर समूहका युवालाई चार वर्षका लागि भर्ना गरिनेछ। सेनामा भर्ती भएकालाई ‘अग्निवीर’ भनिनेछ।भर्ती भएकालाई पहिलो वर्ष ४ लाख ७६ हजार भारु दिइनेछ। यो चौथो वर्षसम्म बढेर ६ लाख ९२ हजार रुपैयाँसम्म पुग्नेछ। जोखिम भत्ता पनि दिइनेछ।

चार वर्षपछि २५ प्रतिशत सेनामा स्थायी जागिरे हुनेछन् भने ७५ प्रतिशतको जागिर समाप्त हुनेछ । चार वर्ष सेवा अवधि पूरा गरेर घर फर्किनेलाई ११ लाख ७ हजार भारु उपदान पनि दिइनेछ ।चार वर्ष सेवा गरेपछि फेरि बेरोजगार हुने र यसबाट भविष्य बिग्रिने भन्दै भारतीय युवाले भारतमा विरोध प्रदर्शन गरेका थिए। उत्तर प्रदेश, बिहार, तेलंगनालगायत राज्यमा भएका प्रदर्शन हिंसात्मक भएका थिए।
भारतीय सेनामा भर्ती गर्न नेपालमा पनि भर्ती केन्द्र खुल्ने गरेका छन् ।

नेपाल, भारत र बेलायतबीच १९४७ मा भएको सम्झौताअनुसार नेपालीहरू भारतीय र बेलायती सैनिकमा भर्ती हुन पाउँछन् । हरेक वर्ष नयाँ भर्ती गर्दा भारतले सुरक्षालगायत व्यवस्था मिलाइदिन नेपाल सरकारलाई पत्र पठाउँछ ।

यसपालि पनि भारतले नियमित प्रक्रियामा पत्र पठाएको थियो । उक्त पत्रमा भारतले नेपालीलाई अग्निपथ योजनाअनुसार भर्ना गर्न लागेको हो कि पुरानै व्यवस्थाअनुसार भन्ने खुलाएको छैन ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL