प्रमुख समाचार
Friday, 19 Aug, 2022
शुक्रबार थपिए ६२३ कोरोना संक्रमित
काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ ।
मन्त्रालयका अनुसार ४ हजार ९४५ को परीक्षणमा ६२३ जनामा संक्रमण पुष्टि भएको हो ।
१ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको हो ।
योसँगै कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ। पछिल्लो २४ घन्टामा ४८७ जना संक्रमणमुक्त भएका छन् ।







