Exclusive News
Tuesday, 26 Jul, 2022
देशभर थपिए ६३८ जना कोरोना संक्रमित, २ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।जसमध्ये २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४०० जना र २ हजार ८४० जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
सोही अवधिमा २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ३७१४ पुगेको छ ।







