विश्व Sunday, 22 May, 2022
Prestige Media

एन्थोनी अल्बानिज अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री बन्ने निश्चित

८ जेठ, काठमाडौं । अष्ट्रेलियाको राष्ट्रिय निर्वाचनमा प्रधानमन्त्री स्कट मोरिसनको कन्जरभेटिभ पार्टीले हार स्वीकार गरेको छ । लेबर पार्टीका नेताले चाहिं विजयको घोषणा गरेका छन् ।मतगणना अझै जारी छ । तर मतगणनाको ट्रेण्ड हेर्दा कन्जरभेटिभ पार्टी एक दशकपछि सत्ताबाट बाहिरिने स्पष्ट संकेत देखिएको छ ।

झण्डै ९ वर्ष प्रतिपक्षमा रहेको लेबर दलका नेता एन्थोनी अल्बानिजले सिड्नीमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने, ‘अष्ट्रेलियाली जनताले परिवर्तनका लागि मतदान गरेका छन् । यो विजयप्रति म आभारी छु ।’

‘मलाई लाग्छ मानिसले विभाजनको अनुभव बितेका वर्षमा गरे । उनीहरु अब एक राष्ट्रको रुपमा सँगै आउन चाहन्छन् र म त्यसलाई नेतृत्व गर्न चाहन्छु,’ उनले भने ।

त्यहाँको १५१ सदस्यीय तल्लो सदनमा लेबर पार्टीले आंशिक नतिजाअनुसार अहिलेसम्म बहुमतभन्दा चार सिट कम अर्थात् ७२ सिट हासिल गरेको छ ।

प्रधानमन्त्री स्कट मरिसनको नेतृत्वमा रहेको केन्द्रीय दक्षिणपन्थी गठबन्धनले अहिलेसम्म ५१ सिट जितेको छ । हुलाकबाट प्राप्त मतगणना सकिएपछि निर्वाचनको अन्तिम नतिजा घोषणा हुने अपेक्षा गरिएको छ ।

मरिसन नेतृत्वको मध्यपन्थी गठबन्धनले नागरिकको जनजीविका, महामारी र जलवायु परिवर्तनजस्ता मुद्दाको कमजोर व्यवस्थापनको कारण आलोचना खेपिरहेको छ ।

सिड्नीबाट टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री मरिसनले भने, ‘आज मैले प्रतिपक्षी दल र आगामी प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग कुराकानी गरें । चुनावको जितको मैले उहाँलाई धन्यवाद समेत दिएँ ।’

चुनावबाट पराजित भए पनि आफू लिबरल दलको नेता रहिरहने मरिसनले उक्त सम्बोधनमा बताए ।

बीबीसीका अनुसार नयाँ प्रधानमन्त्री हुने तयारीमा रहेका अल्बानिजले सोमबार सपथ लिन सक्नेछन् । आफू प्रधानमन्त्री भए अष्ट्रेलियालाई नवीकरणीय ऊर्जाको महाशक्ति बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL