विश्व
Thursday, 18 Mar, 2021
ताञ्जनियाका राष्ट्रपति जोन मगुफुलीको निधन
एजेन्सी । तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधवार राति मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत सार्वजनिक गरेका हुन् ।
मगुफुली करिब तीन साता यतादेखि सार्वजनिक रूपमा देखा परेका थिएनन् । यसैकारण पनि उनको स्वास्थ्यको विषयलाई लिएर देशभित्र विभिन्न हल्ला गरिएको थियो । उनलाई कोरोना भाइरसको संक्रमण भएको पनि बताइएको थियो ।
मगुफुली करिब तीन साता यतादेखि सार्वजनिक रूपमा देखा परेका थिएनन् । यसैकारण पनि उनको स्वास्थ्यको विषयलाई लिएर देशभित्र विभिन्न हल्ला गरिएको थियो । उनलाई कोरोना भाइरसको संक्रमण भएको पनि बताइएको थियो ।