विश्व
Wednesday, 17 Mar, 2021
एट्लान्टामा आक्रमण :६ एशियाली महिलासहित ८ को मृत्यु
अमेरिकाको जर्जियामा तीन भिन्न भिन्न स्पामा गोलीबारी हुँदा कम्तीमा ६ एशियाली महिलासमेत ८ जनाको ज्यान गएको बीबीसीले जनाएकाे छ ।
प्रहरीका अनुसार एट्लान्टाको उत्तरतिर रहेको एक मसाज पार्लरमा चार जना र एट्लान्टाकै दुई स्पामा चार जनाको मृत्यु भएको हो।मृत्यु हुनेमध्ये चार जना कोरियाली भएको दक्षिण कोरियाले पुष्टि गरेको छ।

मृत्यु हुनेमध्ये चार जना कोरियाली भएको दक्षिण कोरियाले पुष्टि गरेको छ।गोलीबारी के कति कारणले गरियो, यो विषयमा हालसम्म कुनै जानकारी दिइएको छैन ।
अधिकारीका अनुसार एक २१ वर्षीय संदिग्धलाई पक्राउ गरिएको छ र तीनै स्थानमा यी व्यक्तिले नै गोलीबारी गरेको आशंका गरिएको छ ।







