Exclusive News
Friday, 11 Dec, 2020
क्रिकेटर खड्कालाई कोरोना संक्रमण
नेपाली क्रिकेटका पूर्वकप्तान तथा अलराउन्डर पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई संक्रमण भएको ट्वीटरमार्फत जानकारी गराएका हुन्।
दुई दिनदेखि आफूमा कोरोनाका लक्षण देखिएपछि आइसोलेसनमा बसेको बताएका छन् । हाल उनी होम आइसोलेसनमा छन् । खड्काले शुक्रबार कोरोना परीक्षण गराएका थिए ।
कोरोना भएसँगै उनले शनिबारबाट चितवनमा हुने गौतम बुद्ध कप खेल्न पाउने छैनन् ।







