Exclusive News Wednesday, 25 Nov, 2020
Prestige Media

कोभिड–१९ व्यवस्थापन समितिले भन्यो– उपत्यकामा कोरोनाको जोखिम उच्च

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले निष्कर्ष निकालेको छ । उपत्यका नगरपालिका फोरमले माग गरेजस्तो निषेधाज्ञा भने नलगाइने उसले बताएको छ ।
सीसीएमसी निर्देशक समितिको मंगलबार बसेको बैठकमा संक्रमणको पछिल्ल्लो अवस्थाबारे छलफल भएको थियो । सीसीएमसीका सचिव महेन्द्र गुरागाईंका अनुसार कतिपय जिल्लामा संक्रमण न्यून भए पनि उपत्यकामा उच्च जोखिम रहेको विश्लेषण छ ।
तर, मेयर फोरमले माग गरेजस्तो उपत्यकाभर निषेधाज्ञा भने नलगाइने उनले प्रस्ट पारे ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका अनुसार परीक्षणको दायरा भने बढ्नेछ । दसैं–तिहारलगायतका चाडपर्वका कारण पनि परीक्षणको दायरा कम भएकाले संक्रमितको संख्या कम देखिएको हुन सक्ने उनले बताए ।
मंगलबारबाट कक्षा १२ को परीक्षा पनि सुरु भएको छ । कलेजहरुले कक्षा ११ को परीक्षा पनि गर्दै छन् ।
लामो समयदेखि घरमा रहेका विद्यार्थीहरु परीक्षाका कारण बाहिर निस्किने भएकाले यसले पनि के असर गर्छ, त्यसलाई पनि हेरिनुपर्ने उनले बताए । शाक्यले भने, परीक्षा अवधि सकिएपछि असरको समीक्षा गर्ने र विद्यालयहरु खोल्ने कि नखोल्नेबारे निर्णय गर्ने भन्ने भएको छ ।’

आवश्यक प¥यो भने संक्रमित धेरै भेटिएका क्षेत्र सिल गर्ने, तर सिंगो काठमाडौं उपत्यकामा तत्काल निषेधाज्ञा जारी नगर्न सबै सहमत भएको मेयर शाक्यले सुनाए ।

बैठकमा उच्च र न्यून जोखिम भएका क्षेत्रहरुमा कुन–कुन क्षेत्र खुला गर्ने र कुन–कुन बन्द गर्ने भन्ने छलफल भएको थियो ।
‘संक्रमण न्यून भएका जिल्लाहरुमा बन्द भएका सेवा विस्तारै खोल्दै जान सकिन्छ,’ गुरागाईंले भने ।
काठमाडौं उपत्यकाको एकीकृत एम्बुलेन्स सेवाका एम्बुलेन्स काठमाडौं महानगरलगायतका स्थानीय तहमा पार्किङको व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ ।
एकाध कर्मचारी वा पदाधिकारीमा कोरोना संक्रमण पुष्टि हुनासाथ सम्पूर्ण सेवा नै बन्द नगर्न निर्देशन दिइएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL