प्रमुख समाचार Wednesday, 2 Sep, 2020
Prestige Media

२४ घन्टामा ११ सयभन्दा बढीमा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार १२० जनामा कोरोना संक्रमण देखिएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका हुन् ।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४१ हजार ६४९ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रिमत थपिएका छन् । योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ हजार ५ सय ९४ पुगेको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
हाल देशभर १८ हजार १०८ जना सक्रिय संक्रमित छन् भने १० हजार ४९३ संस्थागत आइसोलेसनमा छन् । होम आइसोलेसनमा रहने संक्रमितको संख्या ७ हजार ६ सय १५ छन् ।

उपत्यकामा कर्फ्यु लगाउन मेयरहरूको सुझाव

उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा कर्फ्यु लगाउन सरकारलाई सिफारिस गरेको छ । उपत्यका फोरमको बुधबार भएको भर्चुअल बैठकले उपत्यकाका तीन जिल्लामा निषेधाज्ञाले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने देखिएकाले कर्फ्युसम्म लगाउनुपर्ने निष्कर्ष निकालेको हो ।
यसका लागि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सुझावसमेत दिएको उपत्यका नगरपालिका फोरमका सचिव समेत रहेका मध्यपुर नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले बताए ।
‘निषेधाज्ञाले मात्रै नियन्त्रण हुन सकेन । निषेधाज्ञाको माथिल्लो तहमा लैजाने भनेको कर्फ्यु नै हो । बिहान ९ बजेसम्म किनमेल गर्न पाइने भनेका कारण मान्छेहरू मर्निङ वाक र इभिनिङ वाकसमेत गर्न थालेका छन्,’ श्रेष्ठ भन्छन्, ‘संक्रमणको दर बढ्दै गएको छ । संक्रमितहरू सबैलाई आइसोलेसनमा राख्न सकिएको छैन । संक्रमणको दर घटाउनका लागि कप्mर्यु अनिवार्य देखियो ।
कर्फ्यु लागेपछि मान्छे हिँडडुल गर्न डराउने र कारबाहीसमेत गर्न मिल्ने भएकाले छोटो अवधिका लागि यस्तो गर्न जरुरी रहेको उनको तर्क छ । ‘केही समय किनमेलका लागि दिएर १ साता कर्फ्यु लगाउनुपर्छ भन्ने हो । यो अवधिमा सबै कन्ट्याक्ट ट्रेसिङसहित परीक्षणको दायरामा पनि ल्याएर आइसोलेट गर्न सकिन्छ,’ उनले भने ।
उपत्यकाका १८ वटै नगरपालिका प्रमुख÷उपप्रमुखहरूसँग विभिन्न माध्यमले कुराकानी भएर यस्तो सुझाव दिइएको उनले बताए । काठमाडौं उपत्यकामा दुई साताको निषेधाज्ञा आजदेखि सकिएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान– मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ”

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

जितले मान्यता जोगिने आशा जीवितै

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL