Exclusive News Sunday, 23 Aug, 2020
Prestige Media

लक्षण भएका संक्रमितलाई मात्र अस्पताल भर्ना गरिने

काठमाडौं
मुलुकमा पछिल्लो समय संक्रमण बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले लक्षण भएकाहरूलाई मात्र अस्पतालमा भर्ना गर्ने निर्णय गरेको छ ।
लक्षण भएका कोरोना संक्रमितलाई मात्र कोभिड–१९ उपचारका लागि तोकिएका अस्पतालहरूमा भर्ना गरिने सरकारले जानकारी दिएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने निर्णय गरेको छ । यसका लागि काठमाडौं उपत्यकामा ६ हजार बेडको आइसोलेसन सेन्टर बनाउने घोषणा सरकारले गरेको छ ।
लक्षण नभएका तथा सामान्य लक्षण भएकाहरू होम आइसोलेसनमा बस्न सक्ने अवस्था भए त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेको निकायले अनुमति दिनुपर्नेछ ।
प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयहरूलाई पनि जोखिमको मूल्यांकन गरेर आइसोलेसन सेन्टर बनाउन सरकारले निर्देशन दिएको छ ।

निजी अस्पतालले पनि सेवा दिनैपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि निजी अस्पताल, मेडिकल कलेज वा प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन सक्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।
मन्त्रालयले हालै निजी तथा सामुदायिक अस्पताललाई कोभिडका बिरामीका लागि २० प्रतिशत बेड छुट्टयाउन र मेडिकल कलेलहरूलाई एक तिहाइ बेड बराबर आइसोलेसन सेन्टर बनाउन निर्देशन दिएको थियो ।
तर निजी अस्पताल र जनस्वास्थ्य विज्ञहरूले भने कोरोना संक्रमित र संक्रमण नभएका बिरामीलाई एउटै अस्पतालमा उपचार गर्दा संक्रमण फैलिन सक्ने र स्वास्थ्यकर्मीको व्यवस्थापन पनि कठिन हुने बताउँदै आएका छन् ।
मन्त्रिपरिषद् बैठकले आईसीयू, भेन्टिलेटर र अक्सिजन र त्यसका लागि चाहिने जनशक्तिको प्रबन्ध गर्न पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।
पीसीआर परीक्षणलाई बढाउने र कट्याक्ट ट्रेसिङलाई अझ प्रभावकारी बनाउने निर्णय भएको सरकारका प्रवक्ता डा. खतिवडाले बताए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL