राजनीति / देश Monday, 23 Sep, 2019
Prestige Media

अठार जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार

चितवन– जिल्लाका अस्पतालमा चितवनसहित देशका कम्तीमा १८ जिल्लाका डेङ्गु सङ्क्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनले सङ्कलन गरेको तथ्याङ्कमा केही बिरामीको जिल्ला स्पष्ट नभएको पाइएको छ ।

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार कम्तीमा १८ जिल्लाका डेङ्गुका बिरामीको यहाँ उपचार भएको छ । उनका अनुसार छिमेकी जिल्ला नवलपुर, मकवानपुर, धादिङ, पर्सा, तनहुँ र गोर्खाका बिरामी बढी रहेका छन् ।

यसैगरी नवलपरासी, लमजुङ, गुल्मी, अर्घखाँची, पाल्पा, रौतहट, बारा, रुपन्देही, सर्लाही, कञ्चनपुर र प्यूठानका बिरामीको उपचार जिल्लाका अस्पतालमा भइरहेको छ ।

केसीका अनुसार आइतबार साँझसम्म जिल्लाका स्वास्थ्य चौकीदेखि अस्पतालसम्म गरी ३४ वटा संस्थामा १० हजार ४२ जनाको डेङ्गु परीक्षण गरिएको छ । जसमध्ये तीन हजार १३८ जनामा सङ्क्रमण देखिएको उनले जानकारी दिए । ती बिरामीमा सबैभन्दा बढी चितवनका रहेका छन् । चितवनको सङ्ख्या दुई हजार ३९० रहेको छ ।

यस्तै नवलपुरको ३२२ र मकवानपुरका ६१ जना रहेको उनले बताए । यीबाहेक अन्य जिल्लाका ३६५ जना रहेका छन् । यो सङ्ख्या साउन यताको हो । परीक्षण गरेर सङ्क्रमण देखिएका ३६५ मध्ये २५० जनाको ठेगाना प्रष्ट नभएको केसीको भनाइ छ । अरु थप जिल्लाका बिरामी पनि उपचारका लागि यहाँ आएको हुनसक्ने देखिएको छ ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी बाहिरी जिल्ला ठेगाना भएकामा रोजगार, अध्ययनलगायतका कारण यहाँ बस्ने र यहाँ राम्रो उपचार हुन्छ भन्दै बाहिरी जिल्लाबाट आउने बिरामी रहेको बताए । कतिपयले यहीको ठेगाना लेखेर उपचार गर्ने गरेको उनको भनाइ छ । जिल्लामा भरतपुर, दुई ठूला मेडिकल कलेजसँगै निजी र सरकारी साना ठूला अस्पताल रहेका छन् ।रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

रास्वपा शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे मनोनीत

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

संवैधानिक पदाधिकारी नियुक्तिको बाटो खुल्यो, प्रधानन्यायाधीश सिफारिस कहिले ?

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL