विश्व Thursday, 17 May, 2018
Prestige Media

कर्नाटकमा भाजपालाई सरकार बनाउन बाटो खुल्यो, सर्वाेच्च अदालतले दियो अनुमति

नयाँ दिल्ली, जेठ ३ गते । भारतको कर्नाटक राज्यमा सरकार निर्माणका लागि भारतको सर्वाेच्च अदालतले अनुमति दिएपछि भारतीय जनता पार्टीको नेतृत्वमा यहाँ सरकार बन्ने निश्चित भएको छ ।

आफूसँग बहमत रहेकोले सरकार बनाउन पाउनुपर्ने भन्दै भारतीय राष्ट्रिय काँग्रेसले आफ्नो पक्षमा सरकार निर्माण गर्न दिन माग गर्दै सर्वाेच्चमा रिट हालेको थियो ।
तर सर्वाेच्च अदालतले भने काँग्रेसको उक्त रिट खारेज गर्दै भारतीय जनता पार्टीलाई नै यहाँ सरकार निर्माणका लागि अनुमति दिएको हो ।
हालै सम्पन्न भएको दक्षिण भारतीय राज्य कर्नाटकको विधान सभाको निर्वाचनमा पनि काँग्रेसले आफ्नो पूर्व अवस्था गुमाएको छ । उसले यसअघि १२२ स्थानमा बिजय हासिल गरेकोमा त्यसमा ह्रास आई अहिले भने जम्मा ७८ मा सिमीत भएको थियो ।
उक्त राज्यमा जम्मा २२४ स्थान रहेका थिए । तर सबैभन्दा ठूलो दल भारतीय जनता पार्टी नै हो । उसले १०४ स्थानमा विजय हासिल गरेको छ ।
सरकार निर्माणका लागि भने ११३ सिट चहिन्छ । आवश्यक बहुमत प्राप्त नभएपछि भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय काँग्रेसले नै सरकार निर्माणका लागि दाबी गरेका थिए ।
भारतीय जनता पार्टीले सरकार निर्माण गर्ने निश्चित भएको छ र आज बिहान नै सपथ ग्रहणको समय राखेको छ । तर पनि उसका सामु आगामी १५ दिनभित्रमा विश्वासको मत लिने प्रावधान रहेको छ र त्यो भने चुनौतीपूर्ण रहेको बताइन्छ ।

भाजपाले साँसद किन्यो–काँग्रेस
उता भारतीय राष्ट्रिय काँग्रेसले भने कर्नाटकमा भारतीय जनता पार्टीले काँग्रेसका साँसद किनेर सरकार बनाएको भन्दै त्यसको विरोध गरेको छ ।
आफ्नो पार्टीमा फुट ल्याएर र आफ्नो पार्टीका साँसद किनेर भारतीय जनता पार्टीले सरकार निर्माण गरेको भन्दै काँग्रेसले आरोप लगाएको छ ।
तर सो आरोप भारतीय जनता पार्टीले भने स्वीकार गरेको छैन । यसलाई भाजपाले भने निराधार आरोप भनेको छ ।
काँग्रेसले भाजपाले प्रत्येक साँसदलाई डेढ करोड भारतीय रुपैयाँ पैसा दिएर उसले सरकार बनाएको आरोप लगाएको छ ।
त्यहाँ भारतीय काँग्रेसले भने तेस्रो ठूलो दल जनता दल सेक्युलरसँग मिलेर सरकार बनाउने र मुख्यमन्त्री पनि सोही दललाई दिने सहमति गरेको थियो । तर पनि उसको दलका सदस्यहरुले नै भारतीय जनता पार्टीले किनिदिएको आरोप लगाएको थियो ।
उक्त दलले यहाँ ३७ स्थानमा विजय हासिल गरेको थियो । सो दललाई मुख्यमन्त्रीमा काँग्रेसले सहमति दिएको थियो ।
‘प्रजातन्त्रको हत्या भयो’
यसैबीच भारतीय काँग्रेसले यस घटनालाई प्रजातन्त्रको हत्याको संज्ञा दिएको छ । बिहीबार बिहान ९ बजेका लागि सरकारको सपथ कार्यक्रम राखिएको थियो ।
सोही कारण काँग्रेसले राति नै अदालतमा रिट हालेको थियो । राति १२ बजे रिट हालेको र तत्कालै सुनुवाई सुरु भएको थियो ।
अदालतमा राति ३ बजेसम्म अर्थात तीन घन्टासम्म सुनुवाई भएको थियो । तीन घन्टा निरन्तर लामो सुनुवाई पछि फैसला भने भाजपाकै पक्षमा भएको थियो ।
यस घटनालाई काँग्रेसले प्रजातन्त्रमाथिको हत्याको संज्ञा दिएको छ । उसले भनेको छ– यस्तो हत्या अदालतबाटै भएको छ । रातारात अदालतले गरेको फैसलाले देशमा प्रजातन्त्रकै हत्या गरेको छ । (रासस/एएफपी)

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL