विश्व Thursday, 10 May, 2018
Prestige Media

मलेसियामा महाथिर मोहमदको सानदार जित

क्वालालम्पुर, वैशाख २७ गते ।  मलेसियाको संसदीय निर्वाचनमा यहाँका पूर्व प्रधानमन्त्री महाथिर मोहमदको विपक्षी गठबन्धनले सानदार जित हात पारेको समाचार छ ।

उहाँको चुनावी गठबन्धनले सन् १९५७ देखि निरन्तर रुपमा मलेसियामा सत्तामा रहेको एक राजनीतिक दललाई हराउँदै सानदार विजयी भएको हो । यो जितसँगै मलेसियाका एकजना वरिष्ठ राजनीतिज्ञको राजनीतिक पुनरागमन भएको छ ।

महाथिर हाल ९२ वर्षका हुनुहुन्छ । ९२ वर्षका एकजना डाक्टर महाथिर पुनः सत्तामा आउने तयारी गरेको समाचार मलेसिया र एसियाका अधिकांश मिडियाले बिहीबार सम्प्रेषण गरेका छन् ।

बिगतमा आफैले नेतृत्व गरेको दल बारिसन नेसनल पार्टी र विगतका आफ्नै कार्यकर्ता रहेका मलेसियाका नेता तथा वर्तमान प्रधानमन्त्री नजिब रजाकलाई चुनौती दिएर उहाँले नजिबको सत्ता ढालिदिनुभएको हो ।

प्रधानमन्त्री नजिबको पछिल्लो कार्यकाल भ्रष्टाचारका कारण विवादमा परेको थियो । सो विवादका कारण महाथिरले यसअघि सन्यास लिइसकेको राजनीतिमा पुनः फर्किनुभएको थियो ।

राजनीतिबाट अवकाश लिने निर्णय फिर्ता लिएर निर्वाचनमा होमिएका महाथिरले सरकार निर्माणका लागि आवश्यक बहुमत हासिल गर्नुभएको छ ।

महाथिरले मलेसियालाई सन् १९८१ देखि २००३ सम्म शासन गर्नुभएको थियो । त्यस समय उहाँ विकासका एकजना बिम्बका रुपमा मलेसिया र बाहिर पनि चिनिनुभएको थियो ।

रजाकको शासनकालमा मलेसियाली नागरिकले भ्रष्टाचारका साथै विभिन्न जातीय तनावहरू पनि सहनु परेको थियो । सोही कारण मलेसियामा सो राजनीतिक व्यवस्थापनका लागि राष्ट्रले आफ्नो खाँचो महसुश गरेको भन्दै महाथिर पुनः राजनीतिमा आउनुभएको थियो ।

सरकार गठन गर्न यहँको सदनमा ११२ सिट आवश्यक पर्दछ । तर महाथिरको नेतृत्वको विपक्षी दलीय गठबन्धनले ११५ स्थान जितेको छ । त्यसैले उक्त गठबन्धनले सुविधाजनक रुपमा सरकार बनाउने सुविधा पाएको छ ।

यहाँका विश्लेषकहरूले बिहीबारको चुनावी परिणामलाई आश्चर्यजनक भनेका छन् । महाथिरको यस गठबन्धनको जितले मलेसिया स्वतन्त्र भएपछि नै सरकारको नेतृत्व गरिरहेको वारिसन पार्टीको शासनकालको अनायासै अन्त्य गरिदिएको छ ।

पछिल्लो चुनावी परिणामलाई यहाँका राजनीतिक विश्लेषकहरुले नाटकीय भनी संज्ञा दिएको भए पनि ९२ वर्षे नेताको सत्तामा फर्कने इच्छाका कारण यहाँको राजनीतिक परिदृश्यमा आशालाग्दो अवस्था भने देखिएको छ ।

यसअघि रजाकको सरकार निकै विवादमा परेपछि संसद् विघटन गरिएको थियो । संसदको विघटन गरी ६० दिनभित्र आम निर्वाचनका लागि सोही सरकारले आह्वान गरेको थियो ।

महाथिरले बिहीबारै साँझसम्ममा सपथ लिनुहुने भएको छ । अबको सरकारको नेतृत्व गर्न लागेका महाथिर अब विश्वका नै एक वृद्ध कार्यकारी प्रमुखका रुपमा रहनुहुने पनि प्राप्त समाचारहरुमा जनाइएको छ ।

गएराति निर्वाचन परिणाम घोषणा भएसँगै उहाँको गठबन्धन समर्थक नागरिकले ठूलो संख्यामा विजय जलुश निकालेका थिए । उनीहरुले महाथिरको पुनरागमनको लागि आग्रह पनि गरिरहेका थिए ।

निर्वाचन परिणाम घोषणा भएपछि पनि महाथिर पुनः सत्तामा फर्किने वा नफर्किने भन्ने बारेमा विभिन्न अड्कलबाजीहरु भएका थिए । तर पछिल्लो निर्णयमा उहाँले प्रधानमन्त्रीको सपथ लिने भने पछि यहाँको राजनीतिक परिस्थिति फेरिएको समाचारहरु आएका छन् । (रासस/एएफपी)

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL