विश्व Tuesday, 8 May, 2018
Prestige Media

इरानसँगको पारमाणविक सम्झौताबारे मंगलबार निर्णय हुने

वासिङ्टन, वैशाख २५ गते । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताको विषयमा मंगलबार साँझसम्ममा निर्णय गर्नुहुने भएको छ ।

उहाँले इरानसँग उक्त सम्झौता कायम रहने या नरहने बारेको निर्णय मंगलबार साँझसम्ममा घोषणा गर्ने जानकारी सोमबारै दिनुभएको थियो ।

उहाँले आफ्नो ट्वीटर अकाउन्टमार्फत भन्नुभएको छ– मैले यस विषयमा मंगलबार साँझसम्ममा घोषणा गर्नेछु । यसअघि उहाँले इरानसँगको सो सम्झौता खारेज गरिने बताउँदै आउनुभएको छ ।

पारमाणविका सम्बन्धका प्रतिबन्धहरु खुकुलो गर्ने शर्तमा आफ्ना पारमाणविक गतिविधि बन्द गर्ने वाचा गरिएको भनिएको इरान र विश्वका शक्तिराष्ट्रबीच भएको उक्त अन्तर्राष्ट्रिय सहमतिको राष्ट्रपति ट्रम्पले विरोध गर्दै आउनुभएको छ ।

तर अरु पारमाणविक शक्तिसम्बन्धी सम्झौताका हस्ताक्षरकर्ता बेलायत, फ्रान्स र जर्मनीले भने अमेरिका सो सहमतिबाट पछि हट्न नहुने भन्दै आएका छन् ।

फ्रान्सका विदेशमन्त्रीले सोमबार नै आफूहरू उक्त सम्झौताको पक्षमा नै रहने जानकारी दिनुभएको छ । उहाँले अमेरिकाको निर्णय जेजस्तो आए पनि आफूहरु सहमतिकै पक्षमा रहीरहने स्पष्ट गर्नुभएको छ ।

त्यसैगरी बृटिश विदेशमन्त्रीले पनि उक्त सहमति नतोड्न अमेरिकालाई आग्रह गर्नुभएको छ । हाल वासिङ्टनमा रहेका बृटिश विदेशमन्त्री बोरिस जनसनले अमेरिकी सञ्चारमाध्यमहरुमार्फत सम्झौता खारेज नगर्न आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

यस सम्झौता नतोड्न अमेरिकालाई सहमत गराउने प्रयासमा युरोपेली देशहरू पनि लागिरहेको बताइएको थियो । तर त्यसको परिणाम भने सकारात्मक नरहने देखिएको बताइन्छ ।

प्राय युरोपेली देशहरुले भने यसै हप्ताको अन्त्यसम्ममा उक्त पारमाणविक सम्झौताबारेमा अमेरिकाको निर्णय आउने अपेक्षा गरिएको थियो ।

तर यस विषयको निर्णय भने मे महिनाको अन्त्यतिर मात्र आउने अपेक्षा गरिएको थियो । सोमबार राष्ट्रपति ट्रम्पले यस विषयमा मंगलबार नै निर्णय गर्ने बताउनुभएका ेहो ।

अमेरिकाले उक्त सहमति खारेज गरे पनि आफूहरु भने उक्त सम्झौतामा अडिग रहने कुरा युरोपेली देशहरुले बताइरहेका बेला इरानले पनि सोही अडान राखेको छ ।

इरानले अमेरिकाले यदि उक्त सम्झौता खारेज ग¥यो भने उसले यसअघि कहिल्यै पनि नसोचेको समस्याको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।  (रासस/एएफपी)

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL