विश्व Monday, 16 Apr, 2018
Prestige Media

अमेरिकालाई पुटिनको चेतावनी : फेरि सिरियामा आक्रमण गरे बवाल हुन्छ

सिरियालाई लिएर अमेरिका र रुसबीच जुहारी रोकिने संकेत देखिएको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई चेतावनी दिएका छन्, ‘फेरि सिरियामा सैन्य कारबाही गरे विश्वमा अराजकता मच्चिनेछ ।’

डूमामा भएको भनिएको रासायनिक हमलाको जवाफमा अमेरिका, फ्रान्स र बेलायतले संयुक्त सैन्य कारबाही गर्दै सिरिया सरकारको तीन अखडामा बमबारी गरेका थिए ।

रुसले यसको विरोध गर्दै आएको छ ।

राष्ट्रपति पुटिनले अर्को कारबाही नगर्न चेतावनी दिएका छन् । रुसी राष्ट्रपतिको कार्यालयबाट जारी बयानमा भनिएको छ, ‘भ्लादिमिर पुटिनले जोड दिएर भनेका छन् कि यदि राष्ट्रसंघको चार्टरको उल्लंघन गरेर यस्ता कारबाही हुने हो भने निश्चित रुपमा अन्तर्राष्ट्रिय सम्बन्धमा अराजकताको स्थिति आउन सक्छ ।’

पुटिन र इरानका राष्ट्रपति हसन रुहानीबीच फोन वार्ता भएको पनि कार्यालयले जनाएको छ । दुबै नेताले शनिबार भएको आक्रमणले सिरियामा जारी संकटको राजनीतिक समाधान खोज्ने प्रयासमा क्षति पुगेको निष्कर्ष निकालेका छन् ।

अमेरिकाले भने बसर अल असद सरकारलाई अर्को तरिकाले पनि दबाव दिन थालेको छ ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले सिरिया सरकारसँग जोडिएका रुसी कम्पनीहरुविरुद्ध आर्थिक प्रतिबन्ध लगाउने बताएकी छन् । अमेरिकाको आरोप छ कि सिरिया सरकारको कथित रासायनिक आक्रमणमा रुसी सहयोग छ ।

यसको जवाफमा रुसको माथिल्लो सदनको रक्षा समितिका उपनिर्देशकले भने रुस यो प्रतिबन्धका लागि तयार रहेको बताएका छन् । रुसको सरकारी समाचार एजेन्सीका अनुसार उनले भनेका छन्, ‘प्रतिबन्धले हामीलाई समस्या पैदा गर्न सक्छ । तर, हामीलाई भन्दा धेरै अमेरिका र युरोपलाई हानी पुर्‍याउँछ ।’अनलाइन खबर

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL