प्रमुख समाचार
Wednesday, 18 Jan, 2017
सरकार जिम्मेवार भए निर्वाचनको मिति घोषणा गर्नुपर्छ : उपाध्यक्ष रावल
काठमाडौँ, ५ माघ । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले सरकार मुलुकप्रति जिम्मेवार भए तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा जोड दिनुभएकोे छ ।
रिपोर्टसर्् क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले मुलुकलाई निकास दिन निर्वाचन नै आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले निर्वाचनको मिति घोषणा गर्छ भने नेकपा (एमाले) पूर्णरुपमा सहयोग गर्न तयार छ ।”
उपाध्यक्ष रावलले ९० प्रतिशत जनताको हस्ताक्षरमा निर्माण भएको संविधान तत्काल संशोधनको आवश्यकता नरहेको उल्लेख गर्नुभयो । उहाँले निर्वाचनका लागि संविधान संशोधन आवश्यक नभएको पनि स्पष्ट पार्नुभयो । रासस







