विश्व Monday, 16 Jan, 2017
Prestige Media

नेटो, रसिया, मर्केल, बेलायत पलायनका विषयमा ट्रम्पका भनाइ

बर्लिन, ३ माघ । नेटो काम नलाग्ने भएको, जर्मनीका एङ्गेला मर्केलले शरणार्थीका सम्बन्धमा ठूलो गल्ती गरेको, बेलायत युरोपेली युनियनबाट पलायन ठूलो कुरा भएको र अमेरिकाले रसियासँग सम्झौता गर्नसक्ने धारणा डोनाल्ड ट्रम्पसले आइतबार युरोपेली आमसञ्चारसँग व्यक्त गर्नुभएको छ ।

अमेरिकाका ४५ औँ राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्ने पाँच दिन अगाडि अरबपति तथा लोकप्रिय नेता ट्रम्पले बेलायती समाचारपत्र द टाइम्स तथा जर्मनीको बिल्डलाई दिनुभएको अन्तर्वार्तामा युरोपेली सहयोगीका विषयमा अनेकौँ विवादास्पद धारणा व्यक्त गर्नुभएको छ ।

उहाँले रसियासँग मैत्रीको हात अगाडि बढाउनुभएको छ । उहाँका पूर्ववर्ति बराक ओबामाको कार्यकालमा रसियाको युक्रेनमा संलग्ना, सिरियाली युद्ध तथा अमेरिकी निर्वाचनमा प्रभावका लागि साइबर आक्रमणको आरोपमा मस्कोमाथि अनेकौँ प्रतिबन्ध लगाइएको थियो ।

द टाइम्सले ट्रम्पले रसियासँग केही राम्रो सम्झौता गर्न सकिन्छ कि हेरिने बताउनुभयो भनि उद्धरण गरेको छ ।

अमेरिकी राष्ट्रपति पदमा विजयी ट्रम्पले पारमाणविक भण्डार घटाउने तथा मस्कोविरुद्ध प्रतिबन्ध हटाउने विषयमा सम्झौता गर्नसकिने बताउनुभयो । उहाँले थप विवरण दिनुभएन ।

यसअघि ट्रम्पले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गर्नुभएको थियो र उहाँले प्रतिबन्धले रसियालाई दुःख दिएको र आफूले धेरै व्यक्तिलाई फाइदा पुग्ने काम हुनसक्ने सोचेको बताउनुभयो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL