अफ–दि युनिर्भस २०१७ को बिजेता थापा
शिशिर लामा
काठमाडौँ २७ पुस । योङ प्रिन्सेस अफ–दि युनिर्भस २०१७ को बिजेता रक्षा थापा भएकी छन् । प्रतिभावान बालबलिकाको मूल्याङकन गर्ने उदेश्यले आयोजना गरेको अन्तराष्ट्रिय प्रतियोगिता “प्रिन्स एन्ड प्रिन्सेस युनिर्भस २०१७” मा भाग लिन उनि रसिया गएकी थिईन् ।
प्रतियोगिताको विभिन्न् बिधा मध्ये रक्षाले टिन बिधाको मुख्य उपाधि जितेको हो । उक्त प्रतियोगीतामा नेपाल लगायत विभिन्न देशका ३१ बालबालिकाले सहभागिता जनएका थिए । बालबालिकाहरुको ब्यक्तित्व विकासका साथै क्षमता अभिबृद्धि गराउन गत जनवरी ३ देखी ९ तारीख सम्म मस्कोको कोष्टन होटलमा प्रशिक्षण दिएको थियो । उनले प्रतियोगिताको ट्यालेन्ट सोमा मेरो “डुर्लङ्ग गाउँ र नेपाली छोरी हुँ म” बोलको गितमा नृत्य प्रस्तुत गरेकी थिइन् ।
मंगलबार कतार एयरवेजबाट ३ बजे त्रिभुवान अन्र्तराष्ट्रिय विमानस्थल पुगेकी रक्षालाई स्वागत गर्न उनको परिवार, आफन्त–जन आयोजक संस्था लगायतको उपस्थिती रहेको थियो । सेन्ट मेरिज स्कुलको कक्ष ११ मा अध्यनरत रक्षाले अन्र्तराष्ट्रिय सहभागिताको अनुभव सुनउदै नेपालमा अझै पनि मोडलिङ क्षेत्रप्रतिको सकरात्मक सोचको बिकास भइ नसकेको अवस्थामा पनि आफनो अभिभावकले दिइएको साथ र हौसलाले यस क्षेत्रमा अघी बढन थप प्रेरणा मिलेको बताईन ।
आगामी दिनमा पढाईको साथसथै मोडलिङ क्षेत्रलाई पनि अगाडी बढाउने चाहना रहेको र भविष्यमा मिस नेपालमा समेत भाग लिने बताउँछिन् । उनलाई नेपालबाट आधिकारीक संस्था हाउस अफ इभेन्टसले समन्वय गरेको हो । उनि उक्त संस्थाले आयोजना गरेको लिटल मिस वल्र्ड नेपाल प्रतियोगिताको फइनलिष्ट हुन् । प्रतियोगिता रसिया स्थित मस्को होटल कोष्टोनमा जनवरी ८ मा सम्पन्न भएको थियो ।







