Breaking News Tuesday, 13 Sep, 2016
Prestige Media

कुवेतमा २२ नेपाली अलपत्र

उद्धार गर्न पीडितको अनुरोध

भाद्र २७, २०७३- वैदेशिक रोजगारका लागि कुवेतमा पुगेका २२ नेपाली कुवेती कम्पनीले भिसा दिलाउन नसकेपछि अलपत्र परेका छन् । जसमा १६ कामदारको आवासीय अनुमतिपत्र (भिसा) छैन । ६ जनासँग काम गर्ने अनुमतिसहितको भिसा भए पनि कम्पनीले काम दिन सकेको छैन । कुवेतस्थित ‘खलिफा दद् अल–दबबाउस एन्ड ब्रोस कम्पनी लिमिटेड’ आर्थिक संकटमा परेपछि त्यहाँ कार्यरत २२ नेपाली तथा एक सयभन्दा बढी भारतीय कामदारलाई झन्डै ६ महिनादेखि काम दिन सकेको छैन ।

ती कामदारलाई गएदेखि एक महिना १५ दिन मात्रै काममा लगाइएको थियो । उनीहरू गत जनवरी ७ मा कुवेत पुगेका थिए । ‘हामीलाई ग्यास प्लान्टभित्र निर्माणाधीन भवनको स्टिल फिक्सिङको काममा लगाइएको थियो । सुरुको तीन महिनासम्म गेट पास बनेको थियो । पछि कम्पनी आर्थिक संकटमा फसेसँगै आवासीय अनुमति (भिसा) दिलाउन नसकेपछि हामीलाई काम गर्न दिइएन,’ विराटचोक, मोरङका प्रकाश धमलाले कान्तिपुरलाई फोनमा भने, ‘कम्पनीले भिसा लगाइदिन्छु भन्दाभन्दै यतिका महिना बितिसक्यो । त्यसपछि हामीलाई अन्य कतै पनि काममा लगाइएको छैन ।’

कम्पनीले २२ नेपालीमा ६ जनाको मात्रै भिसा लगाउन सफल भएको छ । धमलाका अनुसार काम नदिए पनि तीन महिनासम्मको तलब र खाने प्रबन्ध कम्पनीले मिलाएको थियो ।
कुवेतको महबुल्ला ब्लक–२ को स्ट्रिट नं. ३५ स्थित कम्पनीको क्याम्पमा बस्दै आएका उनीहरू दुई वर्षे करारपत्र गरी न्यूनतम तलब ८० कुवेती दिनार (२८ हजार नेपाली रुपैयाँ)मा काम गर्न पुगेका थिए । ती कामदारलाई काठमाडौंस्थित ‘फोकस नेपाल ओभरसिज’ले पठाएको पीडित कामदारले बताए । म्यानपावरलाई ८० हजारदेखि एकलाख रुपैयाँसम्म बुझाएर गएको उनीहरूले बताए । ‘हाम्रो कुवेतको बसाइ अवैधानिक भइसकेको छ । प्रहरीबाट पक्राउ हुने डरले नेपाली दूतावासमा उजुरी दिन पनि सकेका छैनौं,’ अर्का पीडित उदयपुरका गंगाबहादुर रोइटा मगरले भने ।

उनीहरूलाई कम्पनीले खानासमेत दिन छाडेको छ । कम्पनीले नेपाल पठाउने भन्दै दुई पटक कागजमा दस्तखत गराए पनि घरफिर्तीको काम अगाडि बढेको छैन । कुवेतको नियमअनुसार कामदरले भिसा सकिएको दिनदेखिको जरिवाना तिरेपछि मात्रै घरफिर्ती कागज बन्छ । यो जरिवाना कम्पनीले नै तिरिदिनुपर्छ ।

अलपत्र पर्नेमा मोरङका अनील चौधरी, कृष्णलाल खवास, सन्तकुमार दनुवार, शंकर कुमाल दनुवार, सोबिनकुमार खवास र कमलप्रसाद राजवंशी, दाङका सर्जन चौधरी, धरानका दिलबहादुर कुमाल, सर्लाहीका उमेश पासवान र जनकपुरका गणेश दास छन् ।

कुवेतमा क्रियाशील जिफन्ट सपोर्ट समूहले पीडितलाई तत्कालका लागि खाद्यान्न सहयोग गरेको छ । ‘हामीले खाद्यान्न सहयोग जारी राखेका छौं । उद्धार गरेर पठाउन नेपाली दूतावास र म्यानपावरसँग समन्वय गरिरहेका छौं,’ समूहका अध्यक्ष अर्जुनबहादुर बस्नेतले कान्तिपुरलाई भने ।आजको कान्तिपुरबाट 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

भेनेजुएलामा शक्तिशाली भूकम्प, मानवीय क्षति धेरै भएको आशंका

फेवातालमा डुबेका युवकको उपचार क्रममा मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL