राजनीति / देश Saturday, 3 Sep, 2016
Prestige Media

बागमती सफाइमा मुख्यसचिव सुवेदी

काठमाडौँ, बागमती सफाइ महाअभियानको १७३ औँ हप्तामा टेकु पुलमुनिको बागमती क्षेत्रमा सफाइ गरी आज ११ मेट्रि«क टन फोहर व्यवस्थापन गरिएको छ ।

निजामती कर्मचारी दिवसको उपलक्ष्यमा आजको सफाइमा मुख्यसचिव डा सोमलाल सुवेदीको नेतृत्वमा ५०० कर्मचारीको सहभागिता थियो । पूर्व मुख्यसचिव लीलामणि पौडेल, सङ्घीय मामिला तथा स्थानीय विकास सचिव केदारबहादुर अधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदी, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, खानेपानी तथा सरसफाइ सचिव डा सञ्जय शर्मा, पूर्व सचिव सुरेशप्रकाश आचार्य, जयमुकुन्द खनाल, माधव रेग्मी, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मालगायत विभागीय प्रमुखको सफाइमा सक्रियता रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेश सिंहले जानकारी दिनुभयो ।

सफाइका क्रममा मुख्यसचिव सुवेदी नेतृत्वको समूहले टेकुवरपरका घर घरमा छिरेर नदीमा फोहर नफालौँ, फाल्नेलाई कारबाहीका लागि नजिकको प्रहरी अथवा काठमाडौँ महानगरपालिकालाई खबर गरौँ, बागमती सफाइमा सबै सहभागी बनौँ भनी जनचेतनामूलक अभियान समेत सञ्चालन गर्नुभएको थियो ।

सफाइमा बागमती समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मल्पी एकेडेमीलगायत सङ्घ संस्थाका गरी एक हजार भन्दा बढी मानिस जुटेका थिए ।

यसैगरी रुद्रमती सफाइको १३२ औँ हप्तामा ज्ञानेश्वरदेखि गौशालासम्म सफाइ गरी चार मेट्रि«क टन फोहर व्यवस्थापन गरिएको छ । विष्णुमती सफाइको १०८ औँ हप्तामा बालाजु पुल आसपास सफाइ गरी दुई मेट्रि«क टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिनुभयो ।

सफाइमा गुरु नानक मठ, जागृति युवा क्लब, लायन्स क्लब, नेप्से म्याक प्रालीलगायत संस्थाको सहभागिता थियो । नख्खु खोला सफाइ गर्दै आएको नख्खु खोला सरोकार समितिले आज कार्यविनायक नगरपालिकामा जनचेतनामूलक जागरण अभियान सञ्चालन गरेको संयोजक बलु पाण्डेले बताउनुभयो ।

बागमती समितिले कोटेश्वर महादेव मन्दिर आसपासको बागमती नदी किनारमा आज कपूर, बेल, निमलगायत जातका १०० वृक्ष रोपण गरेको छ । वृक्ष रोपणमा पूर्वमन्त्री अग्नि खरेल लगायत स्थानीयवासीको सक्रियता रहेको आयोजना प्रमुख सिंहले बताउनुभयो ।

गुह्येश्वरमाथिको बागमती नदी किनारमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, माकालबारी टोल सुधार समितिलगायतका संस्थाले सफाइ गरेका छन् । news 24 बाट

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL