Breaking News Thursday, 26 Jan, 2017
Prestige Media

तीनै तहको निर्वाचनमा तयार हुन प्रहरी बललाई निर्देशन

पोखरा, १३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले सशस्त्र प्रहरी बलले विगतभन्दा अझै प्रभावकारी रणनीतिक योजनाका साथ शान्ति सुरक्षा र अमनचयन राख्न सफल बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा सञ्चालित सिसं ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको आज आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले सङ्गठनलाई समयानुकूल स्रोत साधनसम्पन्न तुल्याउन सरकारले सहयोग गर्ने बताउनुभयो ।
सूचना तथा सञ्चार क्षेत्रको विकासका साथै हालको सुरक्षा चुनौतीलाई सामना गर्न प्रहरी बल सक्षम रहने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले संविधानको कार्यान्वयनका लागि देशमा निकट अवस्थामा हुने तीन वटै तहको निर्वाचनमा तयार हुन प्रहरी बललाई निर्देशन गर्नुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधानले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको बताउँदै देशको समृद्धि, सुशासनका साथै राष्ट्रिय अखण्डता जगेर्नाका लागि सशस्त्र प्रहरीको भूमिका अझै महत्वपूर्ण हुने छ भन्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले राष्ट्रको बृहत्तर हित र जनताको सुरक्षाका लागि प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै बढ्दो सुरक्षा चुनौतीको सामनाका लागि राज्यका सबै सुरक्षा निकायबीच सहयोग र समन्वय आवश्यक रहेको धारणा राख्नुभयो ।

सो अवसरमा सिसं ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम लिने क्रममा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने सशस्त्र प्रहरी अधिकृतलाई सम्मान गरिएको थियो । प्रहरी बल महाविद्यालय पोखराका समादेशक वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक कवीन्द्रमान श्रेष्ठले सिसं ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिममा २५ अधिकृतले ५४ हप्ता अवधिको तालिम हासिल गरेको जानकारी दिनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

नेताहरूको कार्यविभाजन गर्दै ओलीको अपील– निराश नहुनु, पार्टी पुनर्गठन हुन्छ

दिल्ली पुगे रास्वपा सभापति लामिछाने

आज गणतन्त्र दिवस, टुँडीखेलको कार्यक्रमलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

कि प्रधानमन्त्रीलाई बोलाइदिनुपर्‍यो, होइन भने मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ

रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न मानवअधिकार आयोगले देखाएका ४ आधार

पेलिएरै आएकाहरूले विपक्षीलाई पेलेको पटक्कै सुहाएन : खुश्बु ओली

श्रीमान्‌को कुटपिटबाट महिलाकाे मृत्यु

बागमतीको मुख्यमन्त्री भन्छन्- गरिबलाई गरिखाने वातावरण दिने बजेट आउँछ

प्रतिनिधिसभा बैठक बस्दै, आज

चीनको कोइलाखानी दुर्घटनाप्रति रास्वपा सभापति लामिछानेद्वारा दुःख व्यक्त

ओलीको असहमतिबीच बन्यो कार्यदल

पोखराको फिर्केखोलाको खोलाघरमा बनेका संरचना हटाइँदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL