Exclusive News Tuesday, 11 Jun, 2024
Prestige Media

‘नेपाल अफ्रिका चलचित्र महोत्सव’मा २८ चलचित्र प्रदर्शन हुने

काठमाडौं–कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजनामा आगामी असारमा हुने ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ मा प्रदर्शनका लागि १० देशका २८ चलचित्र, वृतचित्र र लघु चलचित्र छनोट भएका छन्। असार ७ देखि ९ सम्म काठमाडौंमा गरिने महोत्सवमा नेपालबाहेक साउथ अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमईकालगायत देशका आठ चलचित्र छनोट भएको महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए।
नेपाल र अफ्रिकाको संस्कृति आदनप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्वीपलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको उनले बताए। ‘महोत्सवले हामीलाई विभिन्न देशबारे बुझ्न मद्दत गर्छ। यसपटक चलचित्र भवनमै छनोट भएका सामग्री प्रदर्शन गर्ने तयारी गरेका छौँ’, निर्देशक क्षेत्रीले भने।
उनका अनुसार महोत्सवमा विदेशी चलचित्रतर्फ ‘फुल्स’, ‘द चेस्लर’, वृतचित्रतर्फ ‘वि ह्याभ नेभर विन किड्स’, ‘ह्वाइट पोसन’ तथा लघु चलचित्रतर्फ ‘डाइनिज’, ‘अफस्प्रिङ’, ‘सर्भाइभर’ र ‘इग्नोरेन्स इज अ लाईफस्टाईल’ छनोट गरिएका छन्। यस्तै, महोत्सवमा नेपालबाट चलचित्र र आदिवासी चलचित्रतर्फ ‘सरी मम’, ‘काँडेतार’, ‘गोर्खा वारियर’, ‘सनाखत’, ‘आफ्नै कर्म’, ‘लोजिमा’ र ‘रित’ छनोट भएको छ। वृत्तचित्रतर्फ ‘जर्नी टु गोक्यो’, ‘काँचो बायु’ र ‘चेसिङ द ड्रिम’ तथा लघु चलचित्रतर्फ ‘सिगरेट’, ‘आमा’, ‘ऐना’, ‘ढुकढुकी’, ‘घटेरो’, ‘हे दैव’, ‘जुत्ता’, ‘म्यारिज डे’, ‘मातृत्व’ र ‘रोटेन ब्लड’ छनोट भएका छन्।
महोत्सव अवधिभर चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायतका विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौं बिहान ८:३०देखि कर्फु

घिउकुमारीका यती धेरै फाइदा आज सम्म कसैलाई थाहा छैन

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

जेठ १५ गते एमालेले देशभर उत्सव मनाउने

नेप्सेमा सिमेन्ट कम्पनी चम्किँदा २० अर्ब बढीको कारोबार

बंगलादेशको अन्तरिम सरकार प्रमुखको जिम्मेवारी नोबेल पुरस्कार विजेता युनुसलाई

ओली, देउवा र दाहाललाई बुझाइयो संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन

काभा महिला भलिबलको फाइनल हेर्न रंगशाला जाँदै प्रधानमन्त्री ओली

नेप्से परिसूचक ४० अंकले बढ्यो, करिब २२ अर्बको कारोबार

फास्ट ट्रयाकको धेद्रे सुरुङ ब्रेक थ्रु

महिला भलिबलमा नेपालको ऐतिहासिक जित, भारत पराजित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL