Exclusive News Monday, 11 Mar, 2024
Prestige Media

बंगलादेशले जित्यो साफ यु–१६ महिला उपाधि

काठमाडौं–बंगलादेशले साफ यु–१६ महिला च्याम्पियनसिप फुटबल उपाधि जितेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा ३–२ गोलले हराएको हो। निर्धारित समयमा १–१ गोलको बरीबरी सकिएपछि खेलको नतिजा टाईब्रेकरबाट लिइएको थियो। टाइब्रेकर बंगलादेशका लागि मारियम बिन्ता हन्ना, थुनी मर्मा र साथी मुन्डाले गोल गरिन्। सौभरभी अखण्ड प्रीति र अल्पी अख्तर चुक्नुभएको थियो । प्रितिको प्रहार भारतीय गोलकिपर मुन्नीले बिफल पारिन् भने अख्तरको प्रहार पोलमा लागेर फर्किएको थियो।
यस्तै, भारतका लागि स्वेता रानी र अन्विता रघुरमानले गोल गरे। एलिनादेवी सारंगथेम, बोनिफिलिया शुल्लई र दिव्यारानी लिन्डाको प्रहार बंगलादेशकी गोलकिपरले बचाइन्। यसअघि भारतले चौथो मिनेटमै अनुष्का कुमारीको गोलबाट सुरुवाती अग्रता लिएको थियो। ७१औं मिनेटमा बंगलादेशकी मरियम बिन्ता हन्नाले बराबरी गोल गरेकी थिइन्। चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल र भुटान समूह चरणबाट बाहिरिएका थिए। विजेतालाई युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले पुरस्कार वितरण गरेका थिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

नेप्सेमा सिमेन्ट कम्पनी चम्किँदा २० अर्ब बढीको कारोबार

बंगलादेशको अन्तरिम सरकार प्रमुखको जिम्मेवारी नोबेल पुरस्कार विजेता युनुसलाई

ओली, देउवा र दाहाललाई बुझाइयो संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन

काभा महिला भलिबलको फाइनल हेर्न रंगशाला जाँदै प्रधानमन्त्री ओली

नेप्से परिसूचक ४० अंकले बढ्यो, करिब २२ अर्बको कारोबार

फास्ट ट्रयाकको धेद्रे सुरुङ ब्रेक थ्रु

महिला भलिबलमा नेपालको ऐतिहासिक जित, भारत पराजित

आश्माले जितिन् मिस नेपालको उपाधि

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

सुन मूल्य तोलामै १८०० रुपैयाँले बढ्यो

देशभरका विद्युत् प्राधिकरण कार्यालयमा रोपिए बिरुवा

स्वदेशमै उच्च शिक्षा अवसर उपलब्ध गराउन प्रधानमन्त्रीको आग्रह

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL