काठमाडौं–दिल्लीभन्दा काठमाडौं–धनगढीको हवाई महँगो
काठमाडौं– काठमाडौंदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु १७ हजार पु¥याइएपछि चाडपर्वको समय काठमाडौंबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन्।देशको आन्तरिक हवाई सेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो। काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन्।
निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा ७ हजार ९ सयबाट वृद्धि गरी १७ हजार बढी पु¥याएको गुनासो यात्रुको छ ।
चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले गुनासो गरे। उनले भने, ‘काठमाडौंदेखि नयाँ दिल्लीको हवाई भाडा १७ हजारभन्दा कम छ। आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ।’
चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन सकेको छैन।धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दरअनुसार नै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको बताए।
‘मन्त्रालयले स्वीकृत गरेको भाडादरअनुसार नै विमान कम्पनीले लिइरहेको देखिएको छ’, उनले भने, ‘चाडपर्वका बेला काठमाडौँबाट धनगढी फर्किने यात्रुको चाप बढ्दा अधिकतम भाडा र धनगढीबाट काठमाडाँै जाने यात्रु घट्दा न्यूनतम भाडा लिइरहेको देखिन्छ।’
भाडादर वृद्धिको विरोधमा विमानस्थल कार्यालय परिसरमा युवाको समूहले विरोध प्रदर्शन गरेको छ।हाल काठमाडौँ–धनगढीको भाडादर १४ हजार सात सय एकदेखि १७ हजार एक सय ८६ लिने गरिएको छ। धनगढीदेखि काठमाडौंसम्मको भाडा भने निम्नतम ७ हजार ९ सय छ।गएको साउन महिनादेखि यात्रुको हवाई टकटमा मूल्य अभिवृद्धि कर(भ्याट) समेत जोड्ने गरिएको छ। यसअघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन।
पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवाशुल्क काठमाडाँैमा चार सय र धनगढीमा पाँच सय तोकिएको छ।धनगढी विमानस्थलबाट बुद्धएयर र श्री एयरलायन्सले काठमाडौँ–धनगढी–काठमाडौँसम्मको दैनिक हवाई सेवा उपलब्ध गराउँदै आएका छन्।
यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एयरलायन्सले चार उडान भर्ने गरेका छन्।
निजी क्षेत्रको समिट एयरले केही दिनदेखि नेपालगञ्ज बेसमा हरेक बुधबार र सोमबार धनगढी–बझाङ–धनगढी, धनगढी–साँफे–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जमा हवाई सेवा दिन थालेको छ।