आजको पत्रपत्रीकाबाट Thursday, 12 Oct, 2023
Prestige Media

उपत्यकामा अझै रोकिएन डेंगी संक्रमण

काठमाडौं उपत्यकामा एक सातायता डेंगी संक्रमण बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार एक सातायता डेंगीका बिरामी ह्वात्तै बढेका छन्।

अस्पतालका अनुसार बहिरंग विभागमा दैनिक १२/१५ जना डेंगीका बिरामी स्वास्थ्य परीक्षण गराउन आउँछन्। धेरैजसो संक्रमित कालीमाटी, कलंकी, टेकु र डल्लु क्षेत्रका रहेको अस्पतालको अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले जानकारी दिए। टाउको दुख्ने, जिउ दुख्ने, ज्वरो आउने, शरीरमा बिबिरा आउने र बान्ता हुने लक्षण लिएर बिरामी उपचारमा पुग्ने गरेका छन्।

त्रिवि शिक्षण अस्पतालमा उपचारमा पुग्नेमा बुढानीलकण्ठ र कपन क्षेत्रका बढी छन्। त्यस्तै वीर अस्पतालमा पनि डंगी संक्रमित उपचार गराउन पुग्ने गरेका छन्। एक सातायता ३० जनामा डेंगी पुष्टि भएको र २० जनालाई भर्ना गरिएको अस्पतालका फिजिसियन डा. धु्रव गैरेले जानकारी दिए। उनको अनुसार डेंगी संक्रमित धेरैजसो चक्रपथभित्रका छन्। बिरामीमध्ये केहीमा जटिल समस्या देखिएको डा. गैरेले बताए।

काठमाडौं महानगरपालिकामा एक सय ८४ जनामा डेंगी पुष्टि भएको रिपोर्ट आएको महानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। डेंगी सार्ने लामखुट्टे नियन्त्रणका लागि तयारी भइरहेको काठमाडौं महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद पौडेलले बताए।

चिकित्सकका अनुसार काठमाडाैं उपत्यकाका डेंगी संंक्रमितमा गत वर्षजस्तो गम्भीर समस्या धेरैमा छैन। गत वर्षको तुलनामा कम संक्रमित भएकाले पनि यस्तो भएको हुनसक्ने उनीहरूको अनुमान छ। मनसुन सकिएपछि फैलिएको डेंगी संक्रमण भएकाले गत वर्ष जस्तो यसले प्रकोप लिने सम्भावना कम रहेको डा. पुनको विश्लेषण छ।

गत माघयता डेंगी संक्रमितको संख्या ३५ हजार दुई सय २३ पुगेको छ। संक्रमणबाट २० जनाको मृत्यु भएको छ। सुनसरी, झापा, धादिङ, तनहुँ, मोरङ, काठमाडौं, संखुवासभा, कैलाली र धनकुटामा संक्रमण दर बढी छ। काठमाडौंमा मसात सय ६४ जना संक्रमित भइसकेका छन्। आजको नागरिक दैनिकमा समाचार छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विमानस्थलका पसल कारबाहीमा

सत्ता गठबन्धनमा फुट ल्याउने एमाले रणनीति फिक्का

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिमाना र ६ महिना कैद

न्युरोडलाई सवारी साधनमुक्त क्षेत्र बनाउने तयारी

अवैध रुपमा अमेरिका हिँडेका ४९ जना नेपाली टर्कीबाट फिर्ता

चाडवाड लक्षित सुरक्षा योजना- यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी खटाउने तयारी

नयाँ नोट सटही घटस्थापना आसपासमा

९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने काठमाडौं महानगरको तयारी

एमसीसीमा तीन नेताको दह्रो काँध खोज्दै अमेरिका

द्रुत बस सेवा : गुड्नेभन्दा कुर्ने समय बढी

दसैँको मुखमा खाद्यान्नको मूल्य वृद्धि

सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL