Breaking News Tuesday, 10 Oct, 2023
Prestige Media

इजरायलबाट नेपाल फर्किन २०० ले दिए आवेदन

काठमाडौंस्थित इजरायली राजदूतले तेल अभिभको विमानस्थल सञ्चालन भइरहेकाले उद्धारका लागि सहज अवस्था रहेको जानकारी नेपाललाई दिएको मन्त्री साउदको भनाइ।

काठमाडौं–प्यालेस्टिनी चरमपन्थी समूह हमास र इजरायलबीचको जारी लडाइँका कारण मध्यपूर्व यतिबेला अशान्छ। हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको मृत्यु भइसकेको छ भने १ जना अझै बेपत्ता छन्।आजको संघीय संसद् बैठकमा पनि सांसदहरुले इजरायलमा असुरक्षित रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारको ध्यानाकर्षण गराएका छन्।

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलबाट स्वदेश फर्किन हालसम्म २०० जनाले नेपाली दूतावासमामा आवेदन दिएको बताएका छन्।मन्त्री साउदले प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा इजरायलमा रहेका नेपालीबारे जानकारी गराउँदै स्वदेश फर्कन चाहनेलाई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखिएको जानकारी दिए।

इजरायलमा ४५ सय केयर गिभर र २६५ विद्यार्थी रहेकामा दक्षिणी क्षेत्रमा हमासको आक्रमणमा परेर १० जनाको निधन भएको उनको भनाइ छ।आक्रमणमा परेका चार जनाको उपचार भइरहेको र एक जनाको अवस्था पहिचान नभएको उनले बताए।

५५ विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको बताउँदै उनले उत्तरी क्षेत्रमा रहेकालाई बंकरमा राख्ने व्यवस्था गरिएको जनाए।त्यहाँ रहेका नेपालीको सुरक्षा,उद्धारका लागि इजरायल सरकारसँग समन्वय भइरहेको र दूतावासलाई सक्रिय बनाइएको मन्त्री साउदले बताए।

मन्त्री साउदले परराष्ट्र मन्त्रालय र नेपाली दूतावासमा सम्पर्क व्यक्ति तोकेर स्वदेश फर्कन चाहनेको विवरण संकलन भइरहेको जानकारी दिए।
नेपालस्थित इजरायली राजदूतसँग छलफल गरी मृतकको शव छिटो ल्याउन सहजीकरणका लागि आग्रह गरिएको उनको भनाइ छ।काठमाडौंस्थित इजरायली राजदूतले तेल अभिभको विमानस्थल सञ्चालन भइरहेकाले उद्धारका लागि सहज अवस्था रहेको जानकारी आफूलाई दिएको मन्त्री साउदले समिति सदस्यलाई बताए।

मन्त्री साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरे।उनले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी दिँदै अहिलेको अवस्थालाई राजनीतिककरण नगर्न पनि आग्रह गरे।
‘अवस्था संवेदनशील छ। त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ,’ उनले भने, ‘यो अवस्थालाई राजनीतिकरण नगरौं।’

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

राजनीतिक दलहरुलाई चुनावलक्षित नभई पुस्तालक्षित राजनीति गर्न रविको आग्रह

राप्रपा कोशी सरकार निर्माणमा तटस्थ बस्ने

रिगलको आममाफीविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

इजरायलको सैन्य अखडामा हेजबुल्ला समूहले हान्यो मिसाइल

कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेस निर्णय

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् विशेष बैठक

इजरायलमा १० विद्यार्थी मारिएपछि सुदूरपश्चिम विश्वविद्यालय शोकमा, पठनपाठन बन्द

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावितलाई भेट्न बझाङ पुगे

बझाङ भूकम्पपीडितलाई तत्कालै राहत उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

यातायात व्यवसायीले भाडा बढाउन दबाब दिएः मन्त्री ज्वाला

कतार एयरको जहाज ‘ओभरसुट’

प्रधानमन्त्री प्रचण्डसँग एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटको भेटवार्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL