Breaking News Tuesday, 10 Oct, 2023
Prestige Media

कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेस निर्णय

काठमाडौं–सत्तारुढ कांग्रेसले कोशी प्रदेशमा फेरि आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय गरेको छ।आज बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकमा कोशी सरकार निर्माणका लागि पार्टीले छलफल चलाउने निर्णय गरेको हो।

पदाधिकारी बैठकमा सभापति देउवाले पुनः कांग्रेसकै नेतृत्वमा कोशीमा गठबन्धन सरकार बनाउनुपर्ने धारणा राखेका थिए। उनले भने, ‘अहिलेको गठबन्धनलाई कायम राख्दै थप दलहरूको समर्थन खोजेर कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने हो। त्यसका लागि मैले छलफल गर्छु।’

कांग्रेसले कोशीमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल चलाउने विषयमा बैठकमा छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले बताए छ।केही दिनअघि बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले कोशीको निर्णय लिने अन्तिम अधिकार अध्यक्ष लिङ्देनलाई दिएको थियो।बैठकमा देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत गठबन्धन दलका अन्य नेतालाई पनि भेटेर कोशीमा कांग्रेस नेतृत्वमै सरकार बनाउन सहयोग माग्ने बताए।

सर्वोच्च अदालतको परमादेशसँगै मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मत कार्कीले बहुमत जुटाउन नसकेपछि २० असोजमा पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख परशुराम खापुङले २६ असोजभित्र सरकार गठनका लागि समय दिएका छन्।कांग्रेस संसदीय दलका नेता उद्धव थापा दुई पटक र एमाले संसदीय दलका नेता हिक्मत कार्की पनि दुई पटक कोशीको मुख्यमन्त्री भइसकेका छन्।
कोशीमा ९ महिनामा चार पटक सरकार गठन, विघटन भइसकेको छ भने अब पाँचौं पटक सरकार गठनको पहल भइरहेको हो।

‘पदाधिकारी बैठकमा कोशीमा सरकार गठनका विषयमा पनि छलफल भयो। कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बनाउन पहल गर्ने कुरा सभापति देउवाजीबाट व्यक्त भएको छ’, कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने।

पदाधिकारी बैठकमा इजरायल घटनाबारे परराष्ट्रमन्त्री एनपी साउदले बिफ्रिङ गरेका थिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

ऊर्जा क्षेत्र विकासका लागि जलस्रोतमन्त्रीले गरे पूर्वसचिवहरूसँग छलफल

उपत्यकाका तीन वटै जिल्लामा बाढीको वितन्डा, सयौं घर डुबानमा

सौर्य एयरको विमान दुर्घटना, १९ यात्रुको मृत्यु

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, सात जनाको मृत्यु

तनहुँमा जन्ती बोकेको गाडी पल्टिँदा २ जनाको मृत्यु, १६ घाइते

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन

प्रधानमन्त्री प्रचण्डलाई ओलीले बुझाए मध्यपहाडी क्षेत्रका ७५१ योजना र मागसहितको थैली

बारामा बस र ट्रक एकापसमा ठोक्किँदा ३ जनाको मृत्यु, २७ घाइते

राजनीतिक दलहरुलाई चुनावलक्षित नभई पुस्तालक्षित राजनीति गर्न रविको आग्रह

राप्रपा कोशी सरकार निर्माणमा तटस्थ बस्ने

रिगलको आममाफीविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL