अर्थ बाणिज्य / समाज Monday, 9 Oct, 2023
Prestige Media

अपर तामाकोशीका सेयरधनीबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम संकलन

काठमाडौं–अपर तामाकोसी हाइड्रोपावर कम्पनीका सेयरधनीबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम संकलन भएको छ।
दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले गत १८ भदौदेखि सेयरधनीलाई १ कित्ता सेयर बराबर १ कित्ताको प्रतिसेयर १०० रुपैयाँ अंकित दरको हकप्रद सेयर निष्कासन गरिरहेको छ।

कम्पनीका संस्थापक विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयरबापतको रकम शतप्रतिशत चुक्ता गरिसकेका छन्। संस्थापकले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका हुन्।

कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये सर्वसाधारणबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनुपर्नेछ। मंगलबारसम्म सर्वसाधारण सेयरधनीबाट २ अर्ब ८३ करोड अर्थात् ५५ प्रतिशत रकम संकलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले बताए।
गौतमले भने, ‘संस्थापकबाट शतप्रतिशत र सर्वसाधारणबाट ५५ प्रतिशत गरी हालसम्म ७८ प्रतिशत रकम संकलन भइरहेको छ, सेयर भर्ने स्थानहरुमा व्यापक भीडभाड देखिएको छ, बाँकी ६ दिनमा अपेक्षाकृत रुपमै रकम संकलन हुने देखिएको छ।’ हकप्रद सेयर भर्ने अन्तिम दिन आगामी २२ असोज सोमबारसम्म रहेको छ।

१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २÷२ प्रतिशत संस्थापक सेयर रहेको छ। सेयर स्वामित्वअनुसार प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानले २१ करोड १८ लाख÷२१ करोड १८ लाख रुपैयाँ हकप्रद सेयरबापतको रकम चुक्ता गरिसकेका छन्।

कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ। सर्वसाधारणतर्फबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनुपर्नेछ।

यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले १ अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीले ३० करोड ४९ लाख ९२ हजार हकप्रद सेयरबापत चुक्ता गर्नुपर्नेछ। हकप्रद सेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौं–दिल्लीभन्दा काठमाडौं–धनगढीको हवाई महँगो

चिरख्वा हाइड्रोपावरको आइपिओ खुल्यो

अग्रिम बुकिङ नखुल्दै टिकट काउन्टरमा सर्वसाधारणको भीड

नेपालको जिडिपी वृद्धिदर २०२३ मा १.९ खुम्चिने विश्व बैंकको प्रक्षेपण

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी खुला

नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

सेयर बजारलाई प्रतिस्पर्धी बनाउन अर्थमन्त्री महतको आग्रह

राष्ट्र बैंकले १३ अर्ब बढीको विकास ऋणपत्र बेच्ने

राष्ट्र बैंकले उठाइदियो सरकारको सवा ४४ अर्ब बढी आन्तरिक ऋण

अर्थसमितिको कार्यविधि स्वीकृत

थप तीन देशसँग द्विपक्षीय हवाई सम्झौता गर्दै नेपाल

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी साढे २ खर्ब बढी पुग्यो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL