ज्योतिश बास्तु तथा धर्म Thursday, 10 Aug, 2023
Prestige Media

टल्किने ढुंगा रत्नपत्थर भएको पुष्टि

विभागबाट गोरखा खटिगएको भूगर्भविद्को टोलीले दुई दिन लगाएर गरेको परीक्षणबाट उक्त टल्कने ढुंगा ‘क्वार्ज क्रिस्टल’ नै भएको पुष्टि गरेको हो।

काठमाडौं– गोरखा नगरपालिका–७ सतिपीपलबाट बरामद गरी विशेष सुरक्षासहित जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुंगा ‘क्वार्ज क्रिस्टल’ रत्नपत्थर भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ ।

विभागबाट गोरखा खटिगएको भूगर्भविद्को टोलीले दुई दिन लगाएर गरेको परीक्षणबाट उक्त टल्कने ढुंगा ‘क्वार्ज क्रिस्टल’ नै भएको पुष्टि गरेको हो ।

ढुंगाको परीक्षण गरेर विभागको टोलीले जिल्ला प्रशासन कार्यालय गोरखालाई परीक्षण प्रतिवदेन बुझाएको भूगर्भविद् डा. सुस्मिता भण्डारीले जानकारी दिइन् ।‘परीक्षणबाट उक्त ढुंगा महत्त्वपूर्ण र बहुमूल्य रत्नपत्थर (क्वार्ज क्रिस्टल) भएको पाइयो,’ उनले भनिन्, ‘संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गरिन्छ, सोही आधारमा बरामद गरिएको ढुंगा सातौं नम्बरमा पर्छ ।’

भूगर्भविद्को टोलीले टल्कने ढुंगाको नापतौल लिनुका साथै अन्य विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको भूगर्भविद् भण्डारीले जानकारी दिइन्। कडापनका आधारमा हीरा १०औं नम्बरमा पर्ने उनको भनाइ छ ।टोलीले गरेको परीक्षणका क्रममा उक्त ढुंगाको तौल ५२ किलो तीन सय ३० ग्राम रहेको पाइएको छ । यति ठूलो तौलको भएको एउटै चट्टानका भेट्याउनसमेत गाह्रो पर्ने भूगर्भविद् डा. भण्डारीको भनाइ छ ।

‘क्वार्ज क्रिस्टल’ मुख्य रुपमा सजावट सामग्री तथा गरगहना बनाउन प्रयोग हुने गरेको भूगर्भविद् भण्डारीलाई बताइन् । रेडियो ट्रान्समिटर, कम्प्युटर, घडीलगायतका अन्य विद्युतीय उपकरणमा पनि क्वार्ज क्रिस्टलको आंशिक रुपमा प्रयोग हुने उनले जानकारी दिइन् ।टल्कने ढुंगाको परीक्षण सम्पन्न गरेपछि विभागको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालयमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठलाई परीक्षणपछिको अध्ययन प्रतिवेदन बुझाएको हो ।

जिल्ला प्रशासन कार्यालय गोरखाले टल्कने ढुंगाको नमुना परीक्षणका लागि खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेपछि विभागले भूगर्भविद् डा. भण्डारी र दुर्गा बोलाखेको टोली गोरखा पठाएको थियो ।अध्ययन टोलीले बरामद गरिएको ‘क्वार्ज क्रिस्टल’ खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि प्रतिवेदनमार्फत सुझाएको छ ।

गत १४ असारमा प्रहरीले उक्त टल्कने ढुंगा सतिपीपलस्थित स्थानीय राममाया शाहीको घरबाट बरामद गरेको थियो । टल्कने ढुंगा वर्षौंदेखि शाही परिवारले घरमा राखेर पूजा गर्दै आएको पाइएकाले उक्त ढुंगा गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिसरमा राख्न गोरखाका विभिन्न संघ–संस्थाले प्रशासनसँग माग गर्दै आएका छन् ।

पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको बल्ने शिला कुनै पनि बहानामा गोरखा जिल्लाबाहिर नपठाई मूलधनीको इच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्ने स्थानीयको भनाइ छ ।गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानामगरले विभागको टोलीसँगको भेटमा ऐतिहासिक र धार्मिक हिसाबले उक्त पत्थरलाई गोरखामै राख्ने व्यवस्था मिलाउन आग्रह गरे ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL