Breaking News Monday, 12 Jun, 2023
Prestige Media

धरानबाट आजै काठमाडौं आएका थिए गोलीकाण्डका घाइते

२८ जेठ, काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी), काठमाडौंको टोलीले एक महिना अघिदेखि भारतबाट लागूऔषध ल्याउने एउटा टोलीको पिछा गरिरहेको थियो ।

दुई जना पक्राउ परिसकेका थिए । धरान बस्दै आएका विकास भगतले भारतको जोगबनी नाकाबाट यो गिरोहका लागि डिलरका रुपमा लागूऔषध ल्याउने गरेको अनुसन्धानबाट खुलेको थियो ।

त्यही क्रममा भगतले आइतबार बिहान ८ बजे विराटनगरबाट काठमाडौं आउन हवाई टिकट काटेको सूचना प्रहरीले पायो । त्यही सूचनाको आधारमा ब्यूरोको एक टोली विमानस्थलमा खटिएको थियो ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलबाट निस्किँदासम्म उनीसँग लागूऔषध थिएन’, ब्यूरोका एक अधिकृतले अनलाइनखबरसँग भने, ‘हामीले अरु नेक्ससबारे पनि पत्ता लगाउनुपर्ने भएकाले पिछा मात्र गरिरहेका थियौं ।’

विमानस्थलबाट निस्किएपछि भगत विमानस्थल पछाडि पीपलबोटको बायाँतर्फबाट गौशाला जाने बाटोतिर गए । त्यहाँ उनी होटलमा प्रवेश गरे ।

उनी होटलमा प्रवेश गरेपछि प्रहरी टोली पछि पछि भित्र गयो । अनुसन्धान अधिकृतहरुका अनुसार उनले त्यहाँ कसैलाई सामान हस्तान्तरण गर्न लागेका थिए । तर, तल्लो तलामै प्रहरीसँग घम्साघम्सी भयो । प्रहरी भएको बताउँदै पक्राउ गर्न लागेको जानकारी गराउँदा उनले प्रतिकार गर्न खोजेको अधिकृतहरु बताउँछन् ।

‘त्यसक्रममा उनले प्रहरीकै हतियार खोसे, खास उनीसँग साथमा हतियार पनि हुने रहेछ’, ती अधिकृतले भने, ‘प्रहरीलाई नै जोखिम हुने स्थिति भएपछि घुँडामुनि गोली हानिएको हो ।’

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) का प्रमुख एसएसपी गोविन्द थपलियाका अनुसार, घाइते उनलाई लगत्तै उद्दार गरेर काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको थियो ।

‘उनको साथमा १०० ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको छ’, थपलियाले अनलाइनखबरसँग भने । अन्य घटनाहरुमा लागूऔषध कारोबारी आफैं सेवनकर्ता पनि हुन्छन् । तर, विकास आफू चाहिँ लागूऔषध सेवन नगर्ने प्रहरी बताउँछ ।

धरानमा तरकारी पसल सञ्चालकको भेषमा बस्ने उनी भारतबाट लागूऔषध ल्याएर काठमाडौंमा आपूर्ति गर्ने गरेको भेटिएको प्रहरी अधिकृतहरु बताउँछन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

राजनीतिक दलहरुलाई चुनावलक्षित नभई पुस्तालक्षित राजनीति गर्न रविको आग्रह

राप्रपा कोशी सरकार निर्माणमा तटस्थ बस्ने

रिगलको आममाफीविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

इजरायलको सैन्य अखडामा हेजबुल्ला समूहले हान्यो मिसाइल

इजरायलबाट नेपाल फर्किन २०० ले दिए आवेदन

कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेस निर्णय

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् विशेष बैठक

इजरायलमा १० विद्यार्थी मारिएपछि सुदूरपश्चिम विश्वविद्यालय शोकमा, पठनपाठन बन्द

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावितलाई भेट्न बझाङ पुगे

बझाङ भूकम्पपीडितलाई तत्कालै राहत उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

यातायात व्यवसायीले भाडा बढाउन दबाब दिएः मन्त्री ज्वाला

कतार एयरको जहाज ‘ओभरसुट’

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL