राप्रपा नेपालले आगामी ८० साल फागुनमा राष्टिय महाधिवेशन गर्ने
राष्टिय प्रजातन्त्र पार्टी नेपालले आगामी ८० साल फागुनमा राष्टिय महाधिवेशन गर्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा यही माघ ९ र १० गते बसेको सो पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
‘बैठकले पार्टीको महाधिवेशन २०८० साल फागुन ७, ८ र ९ गते काठमाडांैमा आयोजना गर्ने निर्णय गरेको छ’, बैटकपछि पार्टीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
बैठकले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरुसँग सहकार्यको निम्ति वार्ता गर्न उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा महामन्त्रीद्वय इन्द्र चित्रकार, राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव रहेको समिति गठन गरेको छ ।
त्यस्तै युवा केन्द्रित स्मार्ट पार्टीको अवधारणा र विस्तृत कार्यक्रम तयार गर्न पार्टीका महामन्त्री केशवराज श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यहरु राजाराम बर्तौला चुनेली, सुशान्त प्रसाद भद्रा, आशा बिष्ट र भरत ढकाल रहेको कार्यदल गठन गरेको छ ।