प्रमुख समाचार
Tuesday, 24 Jan, 2023
संघीय संसद भवनअगाडि एक व्यक्तिले गरे आत्महत्याको प्रयास
संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् ।बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।
मंगलबार दिउँसो प्रचण्ड सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।प्रहरीका अनुसार उनी घाइते भएका छन् । उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ ।
