Breaking News
Tuesday, 24 Jan, 2023
बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प:केही घर भत्किए
नेपालको पश्चिमी क्षेत्रमा मंगलबार दिउँसो शक्तिशाली भूकम्प गएको छ । बाजुराको मेला केन्द्र विन्दु भएर करिब २ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भुकम्पले बाजुरामा केही घर भत्किएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार केही घर भत्किएका छन् भने केही घर चर्किएका छन्।स्थानीय दिलबहादुर थापाका अनुसार भूकम्पका कारण बुढीगंगा नगरपालिकाका वडा नम्बर ७ र ८ मा केही घर भत्किएका छन् भनेबडीमालिका नगरपालिकामा सामुदायिक भत्किएको छ।