Breaking News
Tuesday, 24 Jan, 2023
प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा निकट भविष्यमा हुने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ ।
