खेलकुद
Monday, 9 Jan, 2023
पब्जी विश्वकपमा नेपालको डीआरएस उपविजेता
पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली टोली डीआरएस गेमिङ उपविजेता बन्न सफल भएको छ । इन्डोनेसियाको जकार्तामा आयोजना भएको विश्वकपको उपाधि टर्कीको एसटूजीले हात पार्दा नेपालको डीआरएस दोस्रो भएको हो ।
उपविजेता बनेको डीआरएसले २ लाख अमेरिकी डलर अर्थात् २ करोड ६५ लाख नेपाली रुपैया बराबरको पुरस्कार पाएको हो । डीआरएसको टिममा दीपेश गुरुङ, साहस भण्डारी, सुविनकुमार प्रजापती, समीर गुरुङ र संगीन भट्टराई छन् ।
नेपालबाटै फाइनलमा पुगेको अर्को टिम, टीटुकेले १३ औं स्थान प्राप्त गर्दै १ लाख ३२ हजार ५ सय अमेरिकी डलर पाएको छ ।विभिन्न देशका १६ टोली सहभागी यो च्याम्पियनसिपमा टर्कीको एसटुजी ईस्पोर्टस विश्व विजेता बन्न सफल भएको छ । उसले ५ लाख १० हजार डलर पुरस्कार राशी प्राप्त गरेको छ ।