खेलकुद Thursday, 5 Jan, 2023
Prestige Media

फ्रान्समा मेसीलाई ‘गार्ड अफ अनर’ प्रदान

विश्व विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गार्ड अफ अनर प्रदान गरेको छ।विश्वकपपछि प्रशिक्षणमा फर्किएका मेसीलाई क्लबले उच्च सम्मान गरेको हो।

गार्ड अफ अनर सम्मानलाई खेलकुदमा विशिष्ट सम्मानमा रूपमा लिइन्छ।घरेलु मैदान सेन्ट जर्मेन ओँ लेनमा नेइमारसहित सहकर्मी खेलाडीहरुले उभिएर मेसीलाई सम्मान गरेका गरेका थिए भने खेल स्टाफ लुइस कम्पोसले उनलाई गार्ड अफ अनरको ट्रफी हस्तान्तरण गरेका थिए। 

पीएसजीकै सहकर्मी खेलाडी तथा फ्रेन्च फर्वाड किलियन एम्बाप्पे भने समारोहमा अनुपस्थित थिए।‘म सबै कर्मचारी, मेरो टोलीका साथीहरूबाट मलाई दिएको सम्मानको लागि सबैलाई धन्यवाद दिन चाहन्छु। म खुसी छु, र आगामी चुनौतिको लागि तयार हुनेछु,’ उनले भने।प्रशिक्षणमा फर्किएपछि मेसीले आफूलाई गरेको स्वागतका लागि क्लबलाई धन्यवाद दिए।

कीर्तिमानी ७ पटकका बालोन डि’ओर विजेता मेसीको कप्तानीमा अर्जेन्टिनाले हालै कतारमा सम्पन्न विश्वकप फाइनलमा फ्रान्सलाई हराउँदै ३६ वर्षपछि विश्वकप जितेको हो। मेसीले विश्वकपमा उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बलसमेत जितेका थिए।

सन् २०२१ मा बार्सिलोनाबाट फ्रि एजेन्टमा फ्रान्स पुगेका मेसीले कम्तिमा २०२३–२४ सिजन पीएसजीमा खेल्ने योजना बनाएका छन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

१९औं एसियाडको भारोत्तोलनमा विशाल सिंहको कीर्तिमान

एसियाली खेलकुदमा कुन-कुन देशले कति पदक पाए ?

एसियाली खेलकुदः चीन १६१ स्वर्णसहित शीर्ष स्थानमा

क्रिकेटमा नेपाल भारतसँग पराजित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपालको खेल भारतसँग

सात वर्षपछि भारत पुग्यो पाकिस्तानी क्रिकेट टिम, विमानस्थलमा न्यानो स्वागत

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन बन्यो ‘बुधबार’

१९औं एसियाड क्रिकेटमा नेपालको कीर्तिमानी जित

१९औंं एसियाडः २२८ पदकको छिनोफानो भइसक्दा नेपाल शून्य

टर्की उडे ओलम्पियन विष्ट

श्रीलंकालाई हराउँदै भारत फाइनलमा

एन्फा अध्यक्ष र महासचिव स्वतः निलम्बन, पूर्वअध्यक्ष शेर्पाले गराए अविश्वास प्रस्ताव दर्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL