आजको पत्रपत्रीकाबाट Friday, 30 Dec, 2022
Prestige Media

वीरगञ्ज भन्सारमा अड्किए झन्डै २ हजार गाडी

विभिन्न व्यवसायीले आयात गरेर वीरगञ्ज भन्सार ल्याइपुर्‍याएका सवारीसाधन जाँचपास गराएर नलग्दा भन्सार परिसरमा पार्किङमै समस्या आउन थालेको छ । भन्सार स्रोतका अनुसार अहिले त्यहाँ १ हजार ९ सय ९७ गाडी छन् । त्यसमा १ हजार ४ सय ३७ ट्रक, बस, टिपरजस्ता ठूला गाडी छन् । बाँकी ५ सय ६० जीप, कार, भ्यान छन् । 

त्यहाँ सवारीसाधन राखेबापत व्यवसायीले पार्किङ शुल्क तिरे पनि ठाउँको अभाव हुँदै गएपछि भन्सार कार्यालय असहज स्थितिमा देखिन्छ । ‘दुई महीनाभन्दा बढी भन्सार परिसरमा गाडी राखेमा जफतको प्रक्रिया अघि बढाउन सकिने कानूनी प्रावधान भए पनि यहाँ त्यस्तो हुँदैन,’ भन्सारका एक अधिकारीले आर्थिक अभियानसँग भने ।

अहिले वीरगञ्ज भन्सारमा रोकिएका सवारीसाधनमा टाटा, अशोक लेल्यान्ड, टोयोटा र हुन्डाई ब्रान्डका धेरै रहेको भन्सार कार्यालयले जानकारी दिएको छ । 

नेपालका लागि टोयोटाका अधिकृत वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिका सिनियर सेल्स म्यानेजर महेन्द्र श्रेष्ठ गाडी विक्री नै नभएपछि भन्सारमा थुप्रिएको बताउँछन् । ‘गाडी विक्री नै हुँदैन । ग्राहकले नकिन्ने गाडी उच्च भन्सार तिरेर ल्याएर के गर्नू,’ उनले भने । सर्वसाधारणसँग पैसा नभएकाले गाडी विक्री घटेको उनको अनुमान छ । 

व्यवसायीले आर्थिक स्थिति सहज हुँदै गएर विक्री बढ्न थालेपछि मात्रै ती गाडी छुटाउने बताइरहेका छन् । सरकारले गाडीमा उच्च भन्सार महसुल लिन्छ । त्यसैले विक्री नभएर गोदाममा थन्क्याउनुपर्ने गाडीलाई चर्को भन्सार तिरेर ल्याउने ‘मुड’मा व्यवसायी देखिँदैनन् । उनीहरूले उच्च भन्सार तिरेर ल्याउनुभन्दा केही पार्किङ शुल्क तिरेर त्यहीँ राख्ने विकल्प उत्तम ठानेको देखिन्छ ।आर्थिक अभियान दैनिकमा समाचार छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL