आजको पत्रपत्रीकाबाट Friday, 23 Dec, 2022
Prestige Media

फरार र निलम्बित सांसद पनि लिए शपथ

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहरेका नेपाली कांग्रेस सांसद टेकप्रसाद गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिएका छन् । 

कानुनअनुसार गुरुङ स्वतः निलम्बनमा परेका र कानुनी हिसाबले फरार सूचीमा रहेकाहरूले नै कानुन बनाउने सभाको शपथ लिएका हुन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या अभियोगमा प्रहरीको फरार सूचीमा रहेका महतोले महोत्तरी-१ बाट एमालेको उम्मेदवार बनेर निर्वाचन भए ।

 २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई खेतमा लखेटी लखेटी हत्या गरेको आरोपमा लक्ष्मीमहतो कोइरी अहिले पनि फरार सूचीमा रहेका व्यक्ति हुन्। तर, निर्वाचनको समयमा जसपा छाडेर एमाले प्रवेश गरेलगत्तै एमालेले टिकट दिएर चुनाव जिताएको हो ।

बिहीबार उनले कानुन निर्माण गर्ने थलोमै सांसदका रूपमा शपथ लिएको संसद् सचिवालयले जनाएको छ। त्यस्तै, भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस नेता तथा पूर्वमन्त्री टेकप्रसाद गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएको समयमा उनले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग लागेको छ । अख्तियारले गुरुङसहित १६ जनाविरुद्ध २०७५ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दा हालसम्म विचाराधीन छ । गुरुङलाई ३१ करोडको बिगो तोकिएको छ । सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग लागे पनि उनलाई जनताले सांसद बनाएर पठाएका छन्।नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

सम्पर्कविहीन २४ प्रहरीलाई एक साताभित्र हाजिर हुन निर्देशन

दुग्ध विकास संस्थानले २५ उत्पादनमा मूल्य घटायो

एसईई परीक्षा तालिका सार्वजनिक

विमानस्थलका पसल कारबाहीमा

सत्ता गठबन्धनमा फुट ल्याउने एमाले रणनीति फिक्का

उपत्यकामा अझै रोकिएन डेंगी संक्रमण

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिमाना र ६ महिना कैद

न्युरोडलाई सवारी साधनमुक्त क्षेत्र बनाउने तयारी

अवैध रुपमा अमेरिका हिँडेका ४९ जना नेपाली टर्कीबाट फिर्ता

चाडवाड लक्षित सुरक्षा योजना- यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी खटाउने तयारी

नयाँ नोट सटही घटस्थापना आसपासमा

९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने काठमाडौं महानगरको तयारी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL