अर्थ बाणिज्य / समाज Friday, 16 Dec, 2022
Prestige Media

विदेशी विनिमय सञ्चिति बढ्यो

देशभित्र कूल विदेशी विनिमय सञ्चिति १२ खर्ब ४६ अर्ब २७ करोड रूपैयाँ बराबर छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्षको चार महिनामा २.५ प्रतिशतले वृद्धि भएको हो।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकामा गत कात्तिक मसान्तमा १ प्रतिशतले वृद्धि भई नौ अर्ब ६३ करोड कायम भएको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा गत कात्तिक मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई १० खर्ब ९१ अर्ब २२ करोड रूपैयाँ पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा गत कात्तिक मसान्तमा २.७ प्रतिशतले कमी आई एक खर्ब ५५ अर्ब पाँच करोड कायम भएको छ। गत कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत छ।

समीक्षा अवधिमा चालु खाता ३५ अर्ब ४० करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता दुई खर्ब २० अर्ब ९१ करोडले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ८६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २८ करोडले घाटामा छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १८.१ प्रतिशतले वृद्धि भई दुई अर्ब ९७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४३ करोड आएको छ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर दुई अर्ब ५२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ६३ करोड प्राप्त भएको थियो। समीक्षा अवधिमा शोधनान्तर स्थिति २० अर्ब तीन करोडले बचतमा छ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोडले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ९६ लाखले बचतमा छ।रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आशा जगाउने गरी बजेट ल्याइने प्रधानमन्त्री प्रचण्डको दाबी

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २७ हजार ९०० मा कारोबार

सहकारी ठगी प्रकरणमा संलग्न नभएको रवि लामिछानेको दाबी

नेपालको विद्युत् पूर्वाधारमा थप लगानी गर्न एसियाली पूर्वाधार लगानी बैंक तयार

राष्ट्र बैंकको सम्पत्ति साढे १८ खर्ब पुग्यो

उच्च रक्तचाप र मधुमेहका बिरामीलाई टोखा नगरपालिकाको ५ हजार आर्थिक सहयोग

नेप्सेमा साढे १५ अर्ब बढीको बोनस सेयर सूचीकृत

एसियाली पूर्वाधार बैंकलाई सहुलियत दरको ऋण उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डको आग्रह

सरकारसँग ८ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित

बाँसबारी जग्गा हिनामिना प्रकरणमा विनोद चौधरीसँग सिआइबीले लियो बयान

नेप्सेमा ३।३४ अंकको गिरावट, अधिकांश उपसूचक राताम्य

प्रतिनिधिसभा बैठकमा सांसदले उठाए सहकारी घोटाला छानबिन माग

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL