Breaking News
Thursday, 8 Dec, 2022
महाकाली नदीको किनारमा भारतलेबनाइरहेको तटबन्धको काम रोक्ने सहमति
दार्चुलामा महाकाली नदीको किनारमा भारतले एकतर्फी रुपमा गरिरहेको तटबन्धको काम रोक्ने सहमति भएको छ ।
बुधबार भारतको धार्चुलामा बसेको नेपाल–भारत सीमा समन्वय बैठकमा विवादित क्षेत्रमा तत्काल काम रोक्ने सैद्धान्तिक सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।विवाद नभएका क्षेत्रमा भने भारतीय पक्षले काम यथावत राख्ने छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी उपाध्याय, सशस्त्र प्रहरी प्रमुख एसपी डम्बर विष्ट, नेपाल प्रहरीका प्रमुख डीएसपी तर्कराज पाण्डे लगायतका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागितामा बैठक भएको हो ।
भारतले सदरमुकाम नजिकैको बाङ्गाबगड क्षेत्रमा महाकाली नदीको बहाव नेपालतर्फ फर्काएर एकतर्फी रुपमा पक्की तटबन्ध निर्माण गर्न थालेपछि विवाद भएको थियो ।