अर्थ बाणिज्य / समाज
Wednesday, 7 Dec, 2022
चिलिमे जलविद्युत कम्पनीले १५ प्रतिशत लाभांश दिने
चिलिमे जलविद्युत कम्पनीले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने तयारी गरेको छ । २० मंसिर मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार ६७५ रुपैयाँको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नै नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
