Breaking News
Friday, 2 Dec, 2022
प्रशासनको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि धनगढी तनावग्रस्त
धनगढीमा जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ।
स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले सात राउन्ड हवाई फायर गरेको छ।ग्रेडरको ठक्करबाट आफ्ना सहकर्मीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित भइरहेका छन्।प्रहरीले हवाई फायर गरेपछि विद्यार्थीहरू तितरवितर भएका छन्।
बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको सडक निर्माणका क्रममा ग्रेडरको ठक्करबाट मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।
