Breaking News
Tuesday, 29 Nov, 2022
काठमाडौं महानगर घेर्न पुगे सुकुम्बासी बस्तीका बासिन्दा
काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आफूहरुको उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
आफ्नो वासस्थान हटाउने कदमविरुद्ध सुकुम्वासीहरू यतिबेला आन्दोलित बनेका हुन् । मंगलबार बिहानैदेखि उनीहरूले विरोध प्रदर्शन गरेका छन् । संविधानको धारा ३८ को आवासको हक कार्यान्वयन गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।
एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोही अनुसार बस्ती खाली गर्न महानगर टोली हिजो पुगेसँगै थापाथली क्षेत्र अशान्त छ ।
