अर्थ बाणिज्य / समाज
Sunday, 27 Nov, 2022
३२ अंकले बढ्यो नेप्से सूचक
आइतबार नेप्सेमा ३२ अंकमाथिको सुधार आएको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार साताको कारोबार को पहिलो दिन आइतबार नेप्से सूचक ३२.४३ अंकले बढ्दै १९६५.९८ अंकमा उक्लिएको हो ।
आइतबार नै राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिकको समीक्षा गर्ने तयारी गरेसँगै सेयर बजारमा उत्साह देखिएको हो ।
आज सेयर बजारमा म्युचुअल फन्ड बाहेकका १२ वटा समूहको उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको उपसूचक आज ३.०७ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक २.२१ प्रतिशतले बढेको छ ।