खेलकुद
Friday, 25 Nov, 2022
एन्फाद्वारा मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । एन्फाले बिहीबार दरखास्त आह्वान गरेको हो। एन्फाले फिफाको प्रो लाइसेन्स प्राप्त प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो।
यस्तै एन्फाले टेक्निकल डिरेक्टरका लागि समेत दरखास्त आह्वान गरेको छ । एन्फाले फाइनान्स डिरेक्टर, हेड अफ प्रोकुरेमेन्ट, जुनियर एकाउन्टेन्ट र सिभिल इन्जिनियरको पनि दरखास्त आह्वान गरेको छ ।
नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि कार्यबाहक प्रशिक्षक प्रदिप हुमागाई र पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि प्रवेश कटुवाललाई टिमको प्रशिक्षणको जिम्मेवारी दिउको थियो।अब्दुल्लाह अल्मुताइरीले मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि एन्फा अहिले मुख्य प्रशिक्षकबिहिन छ ।
