अर्थ बाणिज्य / समाज
Friday, 25 Nov, 2022
साढे १० प्रतिशत लाभांश दिदै युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर
युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले लाभांश घोषाण गरेको छ । ७ मंसिर बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले सेयधनीलाई १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि मंसिर २८ मा १३औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि मंसिर १६ मा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) हुने कम्पनीले जनाएको छ । जस अनुसार कम्पनीको प्रस्तावित लाभांश मंसिर १५ सम्म कायम सेयरधनीले प्राप्त गर्नेछन् ।