आजको पत्रपत्रीकाबाट Wednesday, 16 Nov, 2022
Prestige Media

एक महिनामा ५३८ मिटर खनियो सुनकोसी मरिन डाइभर्सन सुरुङ

राष्ट्रिय गौरवको आयोजना सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माण तीव्र गतिमा भइरहेको छ। टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको एक महिनाको अवधिमा मङ्गलबारसम्म ५३८ मिटर सुरुङ खनिएको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ। आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका-२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो ।

उक्त सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले टनेल बोरिङ मेसिन (टीबीएम) बाट एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने लक्ष्य राखेको उनले सुनाए। आयोजना प्रमुख बरालले भने, “एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने हाम्रो लक्ष्य हो। अहिलेसम्म भौगर्भिक समस्या नआएकाले लक्ष्यभन्दा अगाडि नै छौँ । भौगर्भिक समस्यामा निर्भर हुन्छ । चुरे पहाड र महाभारतमा पुगेपछि भौगर्भिक समस्या आउन सक्छ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

सेल्फि खिच्दा ज्यानै गुम्यो

Tips Nepal Tv
  • rg
  • ap
PMC TV NEPAL