अर्थ बाणिज्य / समाज Friday, 21 Oct, 2022
Prestige Media

राष्ट्र बैंकमा सुनचाँदीका असर्फी किन्नेको भीड

गत वर्ष ४ हजार सिक्का बिक्री गरेको केन्द्रीय बैंकले यसपालिको तिहारमा १० हजार वटा सिक्का बिक्री गर्ने लक्ष्य राखेको छ।

काठमाडौं– राष्ट्र बैंकको टक्सार विभागमा तिहारका लागि सुन र चाँदीका असर्फी किन्नेको भीड बढ्न थालेको छ । गत चैतदेखि केन्द्रीय बैंकले सुन र चाँदीका सिक्का बिक्री–वितरण थाले पनि तिहार नजिकिएसँगै भीड बढ्न थालेको हो ।गत वर्ष परीक्षणका रूपमा असर्फी उत्पादन मात्र गरेको र पुरानो मौज्दात बिक्री गरेकामा यस पटक व्यावसायिक रूपमा उत्पादन गरिएको असर्फी बिक्री गरिएको टक्सार विभागका निर्देशक विनोदराज आचार्यले बताए ।

राष्ट्र बैंकले आइतबारसम्म असर्फी हरेक खरिदकर्ताले सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ । गत वर्ष ४ हजार सिक्का बिक्री गरेको केन्द्रीय बैंकले यसपालि १० हजार वटा सिक्का बिक्री गर्ने लक्ष्य राखेको छ ।केन्द्रीय बैंकले आइतवारसम्म चाप परे खरिद गर्नेलाई कम संख्यामा उपलब्ध गराएर भए पनि हात खाली नहुने गरी बिक्री गरिने बताएको छ । राष्ट्र बैंकको टक्सार विभागले २ दशमलव ५ ग्राम, ५ ग्राम र १० ग्रामका सुन तथा चाँदीको असर्फी बिक्री गरिरहेको हो ।

बबरमहलस्थित टक्सार विभागले १ हजार अंकित चाँदीको सिक्कासमेत उपलब्ध गराएको छ । १ हजार अंकित चाँदीको सिक्काको मूल्य १६ सय रुपैयाँ तोकिएको छ । सुनको सिक्काको भने दैनिक सुनको बजार भाउअनुसार मूल्य निर्धारण गरिँदै आएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आशा जगाउने गरी बजेट ल्याइने प्रधानमन्त्री प्रचण्डको दाबी

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २७ हजार ९०० मा कारोबार

सहकारी ठगी प्रकरणमा संलग्न नभएको रवि लामिछानेको दाबी

नेपालको विद्युत् पूर्वाधारमा थप लगानी गर्न एसियाली पूर्वाधार लगानी बैंक तयार

राष्ट्र बैंकको सम्पत्ति साढे १८ खर्ब पुग्यो

उच्च रक्तचाप र मधुमेहका बिरामीलाई टोखा नगरपालिकाको ५ हजार आर्थिक सहयोग

नेप्सेमा साढे १५ अर्ब बढीको बोनस सेयर सूचीकृत

एसियाली पूर्वाधार बैंकलाई सहुलियत दरको ऋण उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डको आग्रह

सरकारसँग ८ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित

बाँसबारी जग्गा हिनामिना प्रकरणमा विनोद चौधरीसँग सिआइबीले लियो बयान

नेप्सेमा ३।३४ अंकको गिरावट, अधिकांश उपसूचक राताम्य

प्रतिनिधिसभा बैठकमा सांसदले उठाए सहकारी घोटाला छानबिन माग

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL