अर्थ बाणिज्य / समाज
Wednesday, 19 Oct, 2022
देशभरका एटीएम ठप्प
नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)मा समस्या आएपछि देशभरका सम्पूर्ण बैंकको एटिएम नचलेको हो
काठमाडौं– नेपालभरका सबै बैंकको अटोमेटेड टेलर मेसिन (एटीएम) सेवा ठप्प भएको छ । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)मा समस्या आएपछि देशभरका सम्पूर्ण बैंकको एटिएम नचलेको हो।
नेप्सको सिस्टममा समस्या आएपछि मंगलबार रातीदेखि नै एटीएम नचलेको हो। रातीदेखि नै मर्मत भइरहेकाले चाँडै सिस्टमले काम गर्न थाल्ने नेप्सले बताएको छ ।
नेप्सका अनुसार बुधबार बिहान केही समयका लागि सिस्टम चलेको थियो तर पछि फेरि समस्या आएको छ । सिस्टमै डाउन गराएर काम सुरु गरिएकाले एटीएममा समस्या भएको उसको भनाइ छ ।